मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

होलीमा कुनै अप्रिय घटना भएन: ट्राफिक प्रहरी

सोमबार, २६ फागुन २०७६, १८ : २१
सोमबार, २६ फागुन २०७६

काठमाडौं । होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७ सयभन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, ३ जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए । ट्राफिक नियम उल्लंघन गर्नेलाई सम्झाईबुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप