शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वालिङका औषधि पसलहरुमा अनुगमन

सोमबार, २६ फागुन २०७६, १७ : २५
सोमबार, २६ फागुन २०७६

स्याङ्जा । सोमबार वालिङका औषधि पसलहरुका अनुगमन गरिएको छ । वालिङ नगरपालिका, इलाका प्रशासन कार्यालय वालिङ र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले  पसल अनुगमन गरेको हो । टोलीले वालिङ नगरपालिकाभित्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाका औषधि पसलहरुमा अनुगमन गरेको हो । 

चीनको उहानबाट संक्रमणको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) बाट त्रास उत्पन्न भएका बेला अनुगमन गरिएको वालिङ नगरपालिकाका स्वस्थ विभाग प्रमुख कमलप्रसाद पाण्डेले बताए । 
नगरपालिकाले नगरभित्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाको ‘लाईन लिस्टिङ’ गरिसकेकोे पाण्डेले जानकारी दिए ।

कोरोना सन्त्रास विश्वभरी फैलिरहको अवस्थामा रोग्न लाग्न नदिनका लागि सचेतना स्वरुप औषधी व्यवसायी, औषधी पसल सञ्चालकहरुसँग मास्क, सेनिटाईजर, पञ्जा लगायत सामाग्री कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमन, छलफल तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । 

‘नागरिकमा अनावश्यक रुपमा त्राही–त्राही छन्,’ उनले भने, ‘बनको बाघले भन्दा मनको बाघले खाएको छ ।’ नागरिकमा धैर्यता, संयता सावधानी रुपमा बस्नका लागि नगरप्रमुख खाँणले आग्रह गरे ।

सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा कोरोनाको लक्षण भएका बिरामी आएमा नगरपालिकाको स्वास्थ्य शाखामा पूर्ण विवरण उपलब्ध गराउन उनले आग्रह गरे । उनले थपे, ‘उपचार पाश्चात फर्केपछि २÷४ दिनपछि पुनः निको भए नभएको यकिन गर्नेहोस् । निको नभएमा नगरपालिकामा विवरण पेश गर्नुस् । आवश्यक उपचारका लागि पालिकाले व्यवस्था गर्नेछ ।’ नगरपालिकाले स्वास्थ्य संस्थामा आउने बिरामीको दैनिक विवरण नगरपालिकाको स्वास्थ्य शाखामा पठाउन निर्देशन दिएको छ ।

औषधिजन्य तथा दैनिक सामाग्री वस्तुको कृत्रिम अभाव गरी कालोबजारीका गुनासो आएकाले बजार अनुगमन तथा निरीक्षण गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए ।
 ‘परोक्ष रुपमा औषधी तथा दैनिक उपभोग गर्ने सामाग्री विषय गुनासो सहितको जानकारी आएको छ । त्यसैले बजार अनुगमन तथा निरीक्षण गरिएको हो,’ उनले भने । विश्व त्रासको आवस्था रहेका बेला कृत्रिम अभाव सिर्जना गरी कालोधन्दा गर्ने जोकोहीलाई कानुनी उपचार गर्ने उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप