बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

८० करोड ५५ लाख बजेट कायम गर्दै पाँचौ नगरसभा सम्पन्न

सोमबार, २६ फागुन २०७६, १७ : ०६
सोमबार, २६ फागुन २०७६

सिरहा । सिरहास्थित धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को लागि ८० करोड ५५ लाख बजेट कायम गर्दै पाँचौ नगरसभा सम्पन्न गरेको छ ।

त्यसैगरी नगरसभामा धनगढीमाई नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले प्रस्ताव गरेको संशोधिन विनियोजन ऐन, वडा अध्यक्ष तारणी प्रसाद चौधरीले प्रस्ताव गरेको भूमि ऐन तथा वडा अध्यक्ष सूर्यमान तामांगले प्रस्ताव गरेको नीतिगत निर्णयको प्रस्ताव समेत नगरसभाले सर्वसम्मतीले पारित गरेको छ ।

नेपाल सरकारबाट विभिन्न शीर्षकमा थपघट भई प्राप्त सशस्त अनुदान समेत गरी सो बजेटको आकार बनाइएको धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिए । 

 पाँचौ नगरसभामा कायम गरेको बजेटमध्ये चालु तर्फ १२ करोड सात लाख र पूँजीगततर्फ  चार करोड ९१ लाख गरी करिव १६ करोड ५० लाख खर्च भइसकेको छ ।

चालुतर्फ ३७.२७ प्रतिशत र पूँजीगत तर्फ १६.७७ प्रतिशत खर्च भइसकेको मध्येबाट प्रमुख प्रशासकीय भवन, विद्यालय भवन लगायतका ठूला योजनाहरु कार्यान्वयनको प्रक्रियामा रहेका छन् भने ८ वटा वडाहरुमा निर्माणाधीन आधारभूत स्वास्थ्य चौकी भवनहरु सम्पन्न हुने क्रममा छन् ।

विद्युतीकरण, सडक पिच, ढलानलगायत नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, पहिला वालवालिकातर्फका योजना तथा कार्यक्रमहरु तीब्र रुपमा भइरहेको नगरसभामा प्रस्तुत दस्तावेजमा उल्लेख गरिएको छ ।

त्यसैगरी समाजका पिछडिएका वर्गहरुको क्षमता विकास गरी सामाजिक विकृति हटाउनका लागि यसै आर्थिक वर्षबाट सामाजिक परिचालनको महाअभियान संचालन गरिने जनाइएको छ । त्यस्तै नगरपालिकाको १४ नं. वडामा रहेको मदन भण्डारी स्मृति पार्क तथा ८ नम्बर वडामा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रस्ताव तयार गरी पूर्वाधान निर्माण थालिने समेत जनाइएको छ ।

नगरपालिकाको आफ्नै लागतमा नयनपुर अस्पताललाई २४ घण्टा संचालनमा ल्याइएको छ भने सबै संस्थाहरुबाट अनलाइन रिपोर्टिङ प्रणाली शुरु गरिएको छ । नगरपालिकाको सेवा प्रवाहमा सर्वसाधारणको पहुँचलाई सहज बनाउन मोवाईल एप्स तथा वेभसाईटलाई नागरिक मैत्री बनाइएको छ भने गत आर्थिक वर्षदेखि नै इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी नगरपालिकाको आफ्नै व्याण्ड विथ लिई सोही मार्फत् सबै वडाहरुमा भरपर्दो र दिगो इन्टरनेट सेवा प्रवाह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप