शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको सुनसान सडकमा विदेशीको होली

सोमबार, २६ फागुन २०७६, १६ : ४०
सोमबार, २६ फागुन २०७६

पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको कारण त्रासमा छन् पोखरेली । सँधैजसो विदेशी पर्यटकको ओहोरदोहोरले व्यस्त रहने लेकसाइड आजाभोली सुनसान छ । सोमबार अर्थात फागुन शुक्ल अष्टमीको दिन फागुपर्व (होली) । फागु पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । रंगहरुको पर्वमा पनि लेकसाइड बेरंगिन बनेको छ । विगतका वर्षहरुमा रंग दल्दै शुभेच्छा साट्दै होली मनाउँदै आएका पोखरेलीहरु यो होलीमा भने त्यति खुलेर रंगिएनन् । 

एकाध बाहेक कसैले पनि रंगिन चाहेनन् । तर, फरक संस्कृति र भिन्न परिवेशका विदेशी पर्यटकले भने मज्जैले होली मनाएका छन् । सुनसान सडकमा निस्केर उनीहरुले होली मनाए । बाटोमा हिँड्ने कोही रंगीन चाहनेलाई पनि उनीहरुले रंगाई दिए । पोखरेलीहरु रंगीन नचाहे पनि विदेशीहरु भने मज्जैले रंगिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप