नक्कली सरकारी कागजात बनाउने कार्यमा संलग्न पक्राउ
सोमबार, २६ फागुन २०७६, १६ : २४
पर्सा । नक्कली नेपाली नागरिकता, जन्म/मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका-७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल