प्रम ओलीको स्वास्थ्यमा सुधार, नियमित खानपान, हिँडडूल र व्यायामलाई निरन्तरता
सोमबार, २६ फागुन २०७६, १६ : २०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सोमबार एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।
उनले ओलीको नियमित खानपान, हिँडडुल र व्यापामलाई निरन्तरता दिइएको पनि जानकारी दिए ।
गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् ।
ओलीलाई मिर्गौला दिने संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा