बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तरुण दलद्वारा कालोबजारी र वस्तुको कृत्रिम अभाव रोक्न माग

सोमबार, २६ फागुन २०७६, १५ : ५४
सोमबार, २६ फागुन २०७६

काठमाडौं । नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । 

अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति र सम्पूर्ण सदस्यलाई निर्देशन समेत  दिएका छन् । छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वका विभिन्न मुलुकमा माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सजग रहन तरुण दलले सबैमा आह्वान गरेको छ । 

एक अर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाउन र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दै उनले विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्ययन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । एक अर्कामा रङ्ग लगाई सद्भाव साटासाट गर्दै मनाइनेले होली पर्वमा विगतका वर्ष जस्तो ठूला भिडभाड हुने र साङ्गितिक कार्यक्रम यो वर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितिलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।  

अध्यक्ष बस्नेतले कोरोना भाइरसबारे आम मानिसमा देखिएको त्रासलाई न्यूनीकरण गर्न, सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउनेमा कार्यमा लाग्न सम्पूर्ण तरुणमा आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप