बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षदेखिका आत्मीय साथी रहँदै आएका दुई युवतीले जब आफूहरु दिदीबहिनी रहेको थाहा पाए

सोमबार, २६ फागुन २०७६, १५ : २२
सोमबार, २६ फागुन २०७६

अत्यन्त नजिकको साथी यास्ले थोमस र लतोया विम्बरलेबीच धेरै कुरा समान थियो । 

सानोमा ती दुईको अगाडिको दाँतमा उस्तै खाली भाग देखिन्थे । दुवैको गालाको भाग केही उठेको थियो । तिनको छालाको रङ्ग र जुत्ताको आकारमा पनि उही हुन्थ्यो । 

संगीतदेखि फेसनसम्म दुबैका धेरै रुचि मिल्थ्ये । यहाँसम्म की एक समय ती दुईका प्रेमी एउटै घरका दाजुभाइ थिए । 

सन् २००४ मा एउटा बर्थडे पार्टीको भेट भएपछि दुई जना आत्मीय भएका थिए । अहिले सत्र वर्षपछि पनि दुई जना नजिकको सम्बन्ध कायम राखिरहेका छन् । आजको दिनमा दुईबीच फोन संवाद नभएको दिन हुँदैन । 
‘हामीहरु एकअर्कासँग गमले टाँसेजसरी टासिरहेका हुन्छौं,’ थोमसले बताइन् । सानोमा ती एकअर्कालाई दिदी बहिनी भनेर सम्बोधन गर्थे । 

यो वर्षको फेब्रुअरीमा, ती दुई साँच्चैको दिदीबहिनी भएको पत्ता लागेको छ । 

‘कुनै पजल खेलजस्तो एक्कासी सबै कुरा मिल्यो र हामी दिदीबहिनी भएको जस्तो लाग्छ ,’ थोमसले भनिन् । 

कसरी पत्ता लाग्यो ?

पजलको सुरु यही वर्षको जनवरीमा भयो जब २९ वर्षकी विम्बरलीले आफ्नो इन्गेजमेन्ट मनाउन पार्टीको आयोजना गरेकी थिइन् । 

३१ वर्षे थोमसले पार्टीको फोटो आफ्नो फेसबुकमा शेयर गरिन् । केही फोटोमा विमबर्लीकी पिता केनेथ विमबली पनि थिए । 

अनलाइनमा फोटो हेरिरहेकी थोमसकी आमाकी मिल्ने साथीले केनेथलाई कतै चिनेको जस्तो लाग्यो । 

‘यास्लेको आमाको मिल्ने साथीले उनी, यास्लेको आमा र केनेथ युवाकालमा सँगै हिँडडुल गरेको बताइन् । यास्लले जब यो कुरा मलाई बताइन् मलाई खासै विश्वास भएन । त्यसले मैले उनको आमाको ती मिल्ने साथीको फोटो पठाउन भने । उक्त फोटो मैले बुवालाई देखाएर त्यसमा रहेको मानिसलाई चिन्नुहुन्छ भनेर सोधें ?’

केनेथले तत्कालै ती महिलालाई चिने र पछि जब थोमसकी आमाको फोटो देखाइयो, उनले ती महिलालाई राम्ररी चिनेको र युवाकालमा दुईबीच छोटो समय रोमान्टिक सम्बन्ध रहेको पनि बताए । 

त्यो क्षणमा, केनेथलाई थोमसको जैविक पिता अझै थाहा नभएको बताइयो । त्यसपछि कतै केनेथनै उनको पिता त होइनन् भन्ने प्रश्न उब्जियो । 
त्यो जान्नको लागि डिएनए टेस्ट गर्ने निर्णय भयो । 

फेब्रुअरी २१ डिएनएको परीक्षणको नतिजा आउँदा केनेथ नै थोमसको पिता भएको प्रमणित भयो । 

‘डिएनए परीक्षणको परिणाम सार्वजनिक हुँदा म काममा थिएँ ,’ थोमसले भनिन् , ‘ जब उनी मेरो पिता भएको थाहा भयो तब मेरो सम्पूर्ण शरीर नै शीतल भएझैं भयो । मैले केही सोच्न सकिनँ । त्यसपछि मेरो बोली पनि फुटेन ।’
थोमस १५ वर्षको उमेर हहुँदा उनलाई पाल्ने व्यक्ति उनको जैविक पिता नभएको थाहा भएको थियो । 

११ वर्षअघिनै बितेकी उनको आमाले पनि उनको वास्ताविक पिताबारे केही बताएकी थिइनन् । 

थोमसले हालको नयाँ पहिचानलाई ‘सुन्दर’ र ‘अत्यन्त भावनात्मक’ बताइन् । 

खासमा सानैदेखि नै केनेथ विभिन्न अवसरमा उनको घरमा आइरहेका हुन्थे । ‘थाहै नपाई उनले मेरो पिताको भूमिका निभाइरहेका रहेछन्,’ उनले भनिन् । 

तर एकअर्कासँग नजिक भए पनि नयाँ पहिचानको बानी पार्न समय लाग्ने तीनजनाको बुझाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप