शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका सनीले ल्याइन् ‘खुल्ला आकाश’ गीत

सोमबार, २६ फागुन २०७६, १२ : १८
सोमबार, २६ फागुन २०७६

काठमाडौं । ‘प्रेमपिण्ड’ फिल्मकी नायिका अभिनेत्री सनी रौनियार गायिका पनि हुन् । उनले आजभन्दा करिव २४ वर्ष अगाडि ‘सनी’ नामक एल्बम समेत सार्वजनिक गरेकी थिइन् ।

अहिले सनीले ‘खुल्ला आकाश’बोलको एक गीत ल्याएकी छन् । विजय शिवाकोटीको शब्द र वरिष्ठ संगीतकार राजु सिंहले संगीत रहेको उनको गीतको भिडियो पनि बनेको छ ।

जसको निर्देशन सनीको गीत ’खुल्ला आकाश’ को भिडियोको भूषण दाहालले गरेका छन् । भिडियोमा जीवन रिजालको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ ।

‘प्रेमपिण्ड’को अलवा ‘सडक’,‘सिता’, ‘दैवसंजोग’ जस्ता चलचित्र अभिनय गरेकी सनी पछिल्लो समय केही टेलिभिजन प्रोजेटमा व्यस्त रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप