बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री गुरुङद्वारा होलीपर्वको शुभकामना

सोमबार, २६ फागुन २०७६, १० : २९
सोमबार, २६ फागुन २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व) को अवसरमा स्वेदश तथा विदेशमा रहेका  सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गरेका छन् । 

आज शुभकामना सन्देश जारी गर्दै उनले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाइ शान्त, समृद्ध एवं समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै  राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योग्दान दिँदै आएको सन्देशमा  मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप