बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जब धाराबाट पानी होइन, वाइन झर्न थाल्यो

सोमबार, २६ फागुन २०७६, १० : ०१
सोमबार, २६ फागुन २०७६

भान्सामा भएको धारोबाट पानीको सट्टा वाइन बगेको कसलाई मन नपर्ला र ? धाराबाट पानीको सट्टा वाइन झरिदियोस् भनेर कतिले त सपना पनि देख्नुभएको होला ।

बुधबार उत्तर इटालीको क्यास्टेलभेट्रो गाउँका वासिन्दाहरुका लागि केही घण्टा कै लागि भए पनि यो सपना वास्तविकता बनेको थियो । घरमा भएका हरेक धाराबाट वाइन बगेको थियो ।

स्थानीय वाइन निर्माता कम्पनीमा देखिएको प्राविधिक गडबडीका कारण बोतलमा प्याकिङ गर्न तयार गरिएको १ हजार लिटर वाइन पानीको पाइपलाइनमा पुगको थियो । जहाँबाट त्यो मानिसहरुको घर–घरमा पुगेको थियो ।

क्यास्टेलभेट्रोका उपमेयर जिओर्जिया मेजाक्कुयीका अनुसार यो करिब ३ घण्टासम्म देखिएको थियो भने यसबाट करिब २० घर प्रभावित भएका थिए ।

स्थानीय सरकारले आफ्नो फेसबुकमा पोष्ट गर्दै यसले मानिसको स्वास्थ्यमा भने कुनै नकारात्मक असर नगर्ने बताएको छ ।

इटालीको उत्तरी भागमा यतिबेला कोरोनाभाइरसको व्यापक संक्रमण देखिएको छ । त्रासका बीच यस घटनाले केही बेर मानिसहरुलाई राहत दिएको मेजाक्कुयी बताउँछिन् । ‘हामीसँग यतिबेला मुस्कुराउने कुरा धेरै छैन, यो घटनाले केही समयका लागि पनि राहत दिएको छ,’ उनले सीएननसँग भनिन् ।

क्यान्टिना सेटेकानी वाइनरीका अनुसार बटलिङ लाइनमा रहेको वासिङ सर्किटको भल्भमा प्राविधिक गडबडी भएपछि यस्तो समस्या देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप