शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेटिससँग रियल स्तब्ध, बार्सालाई दुई अंकको अग्रता

सोमबार, २६ फागुन २०७६, ०६ : ५५
सोमबार, २६ फागुन २०७६

रियल म्याड्रिड रियल बेटिससँग पराजित हुँदा बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता मिलेको छ । आइतबार राति भएको खेलमा रियल १–२ गोलको अन्तरले पराजित भएको हो ।

उता, शनिबार रियल सोसिडाडलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको थियो । तर, जिनेदिन जिदानको टोलीले त्यसको जवाफ जीतबाट दिन सकेन ।

रियल खेलको ४० औँ मिनेटमा सिडेनीको उत्कृष्ट गोलपछि १–० ले पछि परेको थियो तर पहिलो हाफको इन्जुरी समयमा करिम बेन्जेमाको पेनाल्टीको मद्दतले रियल खेलमा फर्कियो ।

खेलको ८२ औँ मिनेटमा क्रिस्टियन टेलोले निर्णायक गोल गरेपछि रियल खेलमा स्तब्ध बन्यो । २७ खेलपछि बार्सिलोना ५८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिडको ५६ अंक रहेको छ ।

आइतबार भएका अन्य खेलमा एथ्लेटिक बिल्बाओले रियल भालाडोलिडलाई ४–१ पराजित गर्यो भने लेगानेसले भिल्लेरियालाई २–१ ले हरायो । एस्पानियोल ओसासुनासँग १–० ले हार्दा लेभान्ते र ग्रान्डाले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप