शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोना महामारीः एकैदिन ८८ जनाको मृत्यु, इरानले चीनलाई उछिन्यो (तथ्याँकसहित)

आइतबार, २५ फागुन २०७६, १९ : ५७
आइतबार, २५ फागुन २०७६

एजेन्सी । कोरोना भाइरसबाट प्रभावित हुने मुलुकहरुको संख्या १०१ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या बढ्ने क्रम जारी छ । आइतबारको पछिल्लो तथ्याँकअनुसार उक्त भाइरसबाट मर्नेको संख्या सबैभन्दा बढी इरान, त्यसपछि चीन, स्पेन, दक्षिण कोरिया र नेदरल्यान्डमा  देखिएको छ । यी मुलुकमा आइतबार  जम्मा ८८ जनाको मृत्यु भएको छ । जसमध्ये मर्नेमा इरानमा धेरै देखिएको छ ।  इरानमा एकैदिन ४९ जनाको मृत्यु भएको छ ।

अब  इरानमा मर्नेको संख्या अब १९४ जना पुगेको छ भने संक्रमित हुनेहरुको संख्या ६ हजार ५ सय ६६ जना पुगेको छ । त्यस्तै चीनमा आज २८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८० हजार ७०१ जनामा संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै स्पेनमा एकैदिन ७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरिया र नेदरल्यान्डमा २–२ जनाको मृत्यु भएको छ ।

स्पेनमा ६ सय १३ जना संक्रमित भेटिएका छन् भने दक्षिण कोरियामा ७ हजार ३ सय १३ जनामा संक्रमण भएको छ । उता,नेदरल्यान्डमा भने २ सय ६५ जनामा संक्रमण भएको भेटिएको छ । सो भाइरसबाट इटलीमा ५ हजार ८ सय ८३ जना संक्रमितहरु भेटिएका छन् भने जर्मनीमा ९ सय ५१ र फ्रान्समा ९ सउ ४९ जनामा संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै जापान,अमेरिका, बेलायत, स्पिजरल्यान्ड,बेल्जियम लगायतका मुलुकहरुमा पनि सयौंको संख्यामा संक्रमितहरु देखिएका छन् । अहिलेसम्म विश्वभर मर्नेको संख्या ३६ सय ६० जना पुगेको छ । पछिल्लो तथ्याँकअनुसार चीनमा संक्रमित हुने र मर्नेको संख्या ह्वात्तै घटेको छ । चीन बाहेकका मुलुकहरुमा कोरोना संक्रमणको अनुपात ह्वात्तै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

ग्रीनविच समयअनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर उक्त भाइरसबाट थप सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा बढी रहेको छ । यही अनुपातमा संक्रमण र मर्नेको संख्या बढेमा विश्वले स्वास्थ्यको क्षेत्रमा निकै ठूलो चूनौतीको सामना गर्नुपर्ने अनुमान गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप