बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन सकिँदैनः माधव नेपाल

आइतबार, २५ फागुन २०७६, १८ : ५५
आइतबार, २५ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने बताएका छन् । 

रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई खोस्न चाहेको नभइ छाडापनलाई नियन्त्रण गर्न खोजेको बताए । लोकतान्त्रिक वातावरणले सञ्चार क्षेत्र धेरै विकशित भएको उल्लेख गर्दै नेता नेपालले अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गरे । 

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर प्रष्टसँग लेखेको भएपनि पछिल्लो समय बनेका केही कानूनहरुले त्यसलाई असर पारेको बताए । राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतलाई नियन्त्रण गर्नुभन्दा पनि पूर्ण स्वतन्त्रता प्रदान गर्न भूमिका खेल्न उनले सबैमा आग्रह गरे । 

नेकपा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियता र राष्ट्रिय अखण्डता बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने बताए । 

कार्यक्रममा पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्य लगायतले सरकारले अघि सारेका केही विधेयकहरुले प्रेसलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजिएकोले सच्याउन आग्रह गरे । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मानित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप