रुघाखोकीबाट बँच्ने प्राकृतिक उपाय
१. सुप: रुघाखोकीको भाइरसको मुख्य घर नै नाक तथा मुखको माथिल्लो सतहमा हुने म्युकस मेम्ब्रेन हो । यसमा उत्त्पन्न हुने तरलताले हानिकारक तत्वलाई शरीरबाट बाहिर फाल्छ । अझ जाडोमा स्वभावैले कम पानी पिइने हुनाले हानिकारक तत्व बाहिर निकाल्न भूमिका खेल्ने म्युकसमा तरलता पुगेको हुँदैन । त्यसैले प्रसस्तमात्रामा सुप खानाले म्युकसमा तरलता बढाईदिन्छ र भाइरसलगायतका हानिकारक तत्वहरु शरीरबाट बाहिर फ्याकिन गई शरीर निकोहुन मद्दत पुग्छ । त्यसको अलावा हड्डीको सुपमा शरीरलाई तन्दुरुस्ती राख्ने र रोगसंग लड्न सक्ने अन्य थुप्रै तत्वहरु पनि हुन्छन् । सुप तरल हुने भएकोले शरीरले तुरुन्तै सोसेर लिन सक्दछ ।
२. मह: महमा एन्टी-भाइरल, एन्टी-ब्याक्टेरियल, एन्टी-फुङ्गल र एन्टी-इन्फ्ल्यामेटरी तत्व हुन्छ । महको यही गुण हुने भएकोले नै मह नसड्ने भएको हो । सजिलै पिउन सकिने ४०० मिलिलिटर जति तातो पानीमा भिटामिन सी प्रसस्त हुने १ चम्चा कागतीको रस र २ चम्चा मह मिसाई घोलेर दिनको ३-४ पटक पिउदा १-२ दिनमै रुघाखोकी निको हुन सक्छ, तर महमात्र खाँदा त्यती फाइदा पुग्दैन अनि १ बर्षभन्दा कम उमेरका बच्चालाई मह खान दिनु हुँदैन । महाले घाउ खटिरा समेत निको पार्न मद्दत गर्दछ ।
३. तातोपानी र नुनको गार्गल: नुनले केही प्रकारका किटाणु मार्न सक्छ तर सबै मार्न सक्दैन । तर नुनको बिशेषता नै यस्तो हुन्छ कि यसले ब्याक्टेरिया बृद्धि हुन आवश्यक हुने पानीका कणहरुलाई सोस्दछ जसको कारण ब्याक्टेरिया बृद्धि हुन पाउँदैन । त्यही भएर नुन पर्यो भने जुका वा बोटबिरुवा मर्छन् । रुघाखोकीका किटाणुको मुख्य घर नै नाक, मुख र घांटी भएकोले नुनपानीले गार्गल गर्दा कतिपय किटाणु मर्छन् भने अन्यको बृधि हुने आधार खस्कंदै जान्छ । हल्का मनतातो नुनपानी नाकले समेत तान्दै फाल्दै गर्नु पर्दछ ।
४. हरियो चिया: हरियो चिया र हामीले परम्परागत रुपमा प्रयोग गर्दै आएका मसलाहरु जस्तै लसुन, प्याज, मरिच, अदुवा, पुदिना आदिमा एन्टीभाइरल बिशेषता भएको र शरीरलाई आवश्यक एक प्रकारको तेल पाइन्छ । तसर्थ रुघाखोकी लागेको बेलामा हरियो चियामा अदुवा, पुदिना राखेर दिनमा ३-४ पटक पिउँदा एकदम फाइदा पुग्छ ।
५. पीरो खानेकुरा: पिरो खानेकुरा खाँदा हाम्रो सिगान र आँसु प्रसस्त बग्दछ । त्यसो हुँदा रुघाखोकीका किटाणुहरु पनि शरीर बाहिर बग्ने हुनाले फाइदा पुग्दछ । त्यसको अतिरिक्त हरियो खुर्सानीमा प्रसस्त भिटामिन सी र ए पनि पाइन्छ ।
६. तातोपानीको बाफ: जाडोयाममा हावामा पानीका कणहरु कम हुने भएकोले हाम्रो नाक तथा मुखको म्युकस सुक्का हुने गर्दछ । सुक्का म्युकस रुघाखोकीको भाइरसकोनिम्ति अत्यधिक अनुकुल वातावरण हो । त्यसैले कोठामा तातो पानीको वाफ उडाउनु वा ह्युमिडीफायर लगाउनु पर्छ जसको कारण कोठाको हावामा पानीका कण बृधि भई म्युकस भिज्छ र आराम महसुस हुन्छ । तातोपानीमा भिक्स मिसाए त झनै राम्रो ।
७. सिजनल फलफुल तथा तरकारीहरू: मौसम अनुसार पाइने यस्ता बस्तुहरु जसरी जाडोमा प्रसस्त गरी उत्पादन हुन्छन्, त्यसरी नै प्रसस्तगरी खानु पर्दछ । हो एकैचोटी १ दर्जन केरा तथा २-४ वोटा मुला खायो भने त्यो नै रुघाखोकीको कारक बन्न सक्छ तर मिलाएर खाएमा यस्ता मौसम अनुसारका तरकारी र फलफूलले शरीरलाई रुघाखोकी लाग्नबाट नै बाचाउंछन् । तसर्थ साग, मुला जस्ता जाडोका तरकारीहरू कुँडोजस्तो बनाएर तात्तातै खानु पर्छ भने केरा, स्याउहरु एकपटकमा आधा वा एउटा गरी दिनमा धेरै पटक खानु पर्दछ ।
८. चिसोले बढी असर गर्ने अंगहरु: हाम्रो शरीरका केही अंगहरुमा चिसोको एकदम बढी प्रभाब पर्दछ भने केहीमा कम । जस्तो को घांटी, छाती, हातका औंला, कम्मर र घुँडामा चिसोको असर एकदम छिटो पर्दछ । तसर्थ नियमित मफलर बाँध्ने र पन्जा लगाउने गरेमा रुघाखोकीले सताउने सम्भावना कम हुन्छ ।
९. सतर्कता: सतर्कता नअपनाए रुघाखोकीले सजिलै महामारीको रुप धारण गर्न सक्छ । यो सर्ने मुख्य मध्यम बिमारीले छोएको बस्तु जस्तै टावल, भाँडा, झ्यालढोकाका ह्यान्डल आदि प्रयोग गर्नु र बिमारीको नजिक पर्नु नै हुन् । तसर्थ बिमारीले प्रयोग गरेको टावल प्रयोग गर्नु हुँदैन र धेरै मानिसले छुने झ्यालढोकाका ह्यान्डल छुँदा टिसु पेपर वा ट्वाइलेट पेपर प्रयोग गरी खोल्ने-लाउने गर्नु पर्दछ । बिमारीको नजिक बस्नु हुन्न र बिमारीले हाछ्युं गर्दा आफूले सास तान्नुको सट्टा लामो सास बाहिर फाल्नु पर्दछ । कतै बाहिरबाट घरमा आउने बित्तिकै र कुनै पनि खाना छुनु र खानु भन्दा पहिले राम्रोसंग साबुनले हात धुने र गार्गल गर्ने गर्नु पर्दछ । हात धुँदा पनि औंलाको टुप्पा, काप, हत्केलाको पछिल्लो भागमा बढी मिच्ने गर्नु पर्दछ । कथं हात नधोई खाना छुनु पर्ने अवस्थामा पनि दुवै हात बेस्सरी रगड्नु पर्छ । त्यसो गर्दा पनि धेरै भाइरस मर्छन् ।
१०. आराम: प्राणीको शरीरको संयन्त्र नै यस्तो हुन्छ कि खानाबाट प्राप्त शक्तिलाई अनुपातिक रुपमा शरीरका बिभिन्न ठाउँमा पुर्याउँछ । तर जब कुनै ठाउँमा बढी मर्का पर्छ, त्यहाँ बढी शक्ति पठाउँछ । जव हामी बिरामी हुन्छौ, शरीलाई रोगको विरुद्धमा लड्नलाई अन्य बेलाको भन्दा बढी शक्तिको आवश्याकता परेको हुन्छ । बिमारीको बेलामा सकीनसकी काम गरियो भने शक्ति बाडिन गै प्रभाभकारी रुपमा रोगसँग लड्न गाह्रो हुन्छ । तसर्थ आराम गरियो भने शरीरले सम्पूर्ण शक्ति रोगसँग लड्नकोनिम्ति प्रयोग गर्छ र छिटो निको हुन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल