दिल्ली हिंसामा इरानको टिप्पणीपछि भारत र इरानको सम्बन्धमा किन दरार आयो ?
इण्डोनेशिया, पाकिस्तान र टर्कीपछि इरानले दिल्लीमा भएको हिंसालाई लिएर चिन्ता व्यक्त ग-यो । इरानका विदेशमन्त्री जावेद जरीफपछि अहिले देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह खमेनीइले भारतमा मुसलमानविरुद्ध सुनियोजित हिंसा भएको बताएका छन् ।
जावेद जरीफले ट्वीट गर्दै भनेका छन्, ‘भारतमा मुसलमानविरुद्ध जारी प्रायोजित हिंसालाई इरान निन्दा गर्छ । सदियौंदेखि इरान र भारत मित्र रहेदैं आएका छन् । म भारतको सरकारसँग सबै नागरिकको सुरक्षा प्रदान गर्न आग्रह गर्छु ।’
ट्वीटप्रति भारत सरकारले कडा आपत्ति जनायो । मोदी सरकारले भारतका लागि इरानी राजदूतलाई बोलाएर इरानी नेताको बयानप्रति आपत्ति जनायो । राजदूत अली चेगेनीलाई यस विषयमा एउटा पत्रनै सुम्पिएको थियो ।
तर त्यसपछि हाल आयतोल्ला खमेनिइको बयान आयो । खमेनिईले भारतमा मुसलमानमाथि अपराध भइरहेको र त्यसबाट संसारभरका मुसलमान दुःखी रहेको बताए ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘भारतमा मुसलमानमाथि भएको नरसंहारको घटनामा विश्वभरका मुसलमानको मन दुखेको छ । भारत सरकारले कट्टर हिन्दू र तिनका पार्टीलाई रोक्नुपर्ने र इस्लामी संसारबाट भारत एक्लिने अवस्था आउन नदिन भारतका मुसलमानको नरसंहार रोक्न आवश्यक हुन्छ ।’
भारतले खमेनिईको भनाइप्रति प्रत्यक्ष त केही भनेको छैन तर भारतका विदेशमन्त्री एस. जयशंकरले एक विश्वव्यापी व्यापारिक सम्मेलनमा भारतीय धारणाको झलक दिए ।
दिल्ली दंगामा इरानको व्यवहारबारे सोधिएको प्रश्नमा उनले भने ,‘ हामीले आफ्ना असल मित्र चिन्दै गएका छौं ।’
इरानको भनाइ किन महत्त्वपूर्ण ?
यसअघि भारत सरकारले जम्मू–कश्मीरमा लागू संविधानको धारा ३७० हटाउने र नागरिक संशोधन विधेयक (सीएए) लागू गरेको विषयमा मलेशिया, टर्की र पाकिस्तानले आपत्ति जनाए ।
भारतले ती आपत्तिलाई आफ्नो आन्तरिक मामिला भन्दै खारेज गर्यो ।
तर इरानतर्फबाट अहिलेसम्म यसबारेमा कुनै भनाई आएको थिएन । इरानले भारतको ‘आन्तरिक मामिला’मा टिप्पणी गरेको यो पहिलो पटक हो ।
भारत र इरानको सम्बन्धलाई ख्याल गर्ने हो भने दुई देशबीचको सामाजिक, आर्थिक र व्यापारिक सहयोगको इतिहास निक्कै पुरानो हो ।
इरानले भारतको उर्जा आवश्यकताको ठूलो हिस्सा पुरा गर्छ । उता भारतबाट इरानले भारतबाट औषधि, भारी मेसिनरी, पार्ट–पुर्जा र खाद्यान्न लिन्छ ।
सामरिक रुपमा दुई देश एकअर्काका पुरानो सहयोगी हुन् । अफगानिस्तान, मध्य एशिया र मध्य–पूर्वमा दुवै देशको साझा सामरिक हित पनि छ ।
इरानबाट तेल आयात गर्ने देशमा चीनपछि भारत दोस्रो स्थानमा छ । इरान र भारतले विगतमा एकअर्को देशको आन्तरिक मामिलामा टिप्पणी गर्दैनथे ।
यस्तो पृष्ठभूमिमा इरानको आलोचनाले दुई देशबीचको सम्बन्धमा चिसोपनको संकेत गर्छ ।
तेल र अमेरिका प्रमुख कारण
दुई देशको सम्बन्धमा चिसोपनबारे बोल्दै मध्यपूर्व मुद्दाका जानकार कमर आगा भन्छन् ‘इरानलाई भारत पछिल्लो समय अमेरिकातर्फ नजिकिदैं गएको भन्ने आशंका छ । ’
उनी भन्छन् ,‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणपछि इरानलाई अब भारतले अमेरिकी नीतिलाई समर्थन गर्छ भन्ने लाग्न थालेको छ । ’
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएका थिए र उनको निकै न्यानो स्वागत पाए ।
उता, केही पहिले इरानी सैन्य कमाण्डर सुलेमानीलाई अमेरिकाले हत्या गरेपछि दुई देशबीच युद्ध भड्किनेसम्म अवस्था बन्यो ।
कमर आगाका अनुसार पछिल्लो केही समयदेखि इरानको राजनीतिमा कट्टरपन्थी समूह हावी भएको छ र उदारवादीहरु कमजोर भएका छन् ।
अमेरिका र इरानबीच टक्कर बढ्दै गएको छ । पहिले यो मतभेदलाई वार्तामार्फत समाधान गर्ने सल्लाह दिइन्थ्यो । इरानले युरोपसँगको सम्बन्ध पनि खराब हुँदै गएको छ ।
यस्तोमा अर्को मित्र भारतसँग पनि सम्बन्ध खराब बनाएर इरानले आफ्नो कठिनाई बढाएको छ ।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एके पाशा भने इरानको भारतप्रतिको व्यवहार डेढ वर्ष अघिदेखि बदलिरहेको मान्छन् । त्यो समयमा अमेरिका सरकार इरासनसँगको परमाणु सम्झौताबाट बाहिरिएर इरानमाथि कडा प्रतिबन्ध लगाएको थियो ।
अमेरिकाको दबाबमा आएर भारतले इरानसँगको तेल खरिदमा कमी ल्यायो । यसबाट इरान रुष्ट हुन पुग्यो ।
भारतले सन् २०१८–१९ मा इरानबाट २ करोड ३९ लाख टन तेल आयात गरेको थियो । त्यसबेला अमेरिकी प्रतिबन्धका बावजुद भारतलाई इरानसँग तेल किन्न छुट दिइएको थियो ।
तर सन् २०१९–२० पछि प्रतिबन्धमा कडाइ भयो र तेल आयात घटेर १७ लाख टनमा पुगेको छ । पछिल्लो केही वर्षको तुलनामा गर्ने हो भने अब इरानबाट तेलको आयात एकदमै कम भएको छ ।
इरानबाट तेल आयात घटाएको भारत अहिले उक्त कमी अमेरिका, इराक र साउदी अरबबाट पुरा गरिरहेको छ ।
सेप्टेम्बर २०१९ को तथ्याङ्क अनुसार सन् २०१८–१९ को पहिलो पाँच महिनामा भारतको अमेरिकासँग कच्चा तेलको आयातमा ७२ प्रतिशतले वृद्धि भएको थियो ।
छब्बर बन्दरगाहको विकासमा भारतले इरानसँग जुन सहकार्य गरेको थियो, अहिले त्यस बन्दरगाहको भविष्यमाथि पनि कालो बादल छाउन थालेको छ ।
अफगानिस्तानमा बदलिदो सम्बन्धले पनि इरानको लागि अफ्ठ्यारो पार्ने संकेत गरेको छ ।
भारतको विकल्प
मलेशियाले भारतको नीजिमाथि प्रश्न गर्दा भारत सरकारले मलेशियाबाट पाम ओयलको आयातमा परोक्ष रुपबाट प्रतिबन्ध लगाएर मलेशियालाई जवाफ दिएको थियो ।
तर इरानसँग भारतको व्यापार निक्कै कम भइरहेको छ । दुइृ देशबीचको मित्रता सम्बन्ध पनि छ । यस्तोमा इरानको यो बयान कति महत्वपूर्ण छ र भारतसँग के विकल्प छ ?
कमर आगा भन्छन् ,‘ भारत इरानसँगको सम्बन्ध सुमधुर नै चाहन्थ्यो । साथमा उ छब्बर बन्दरगाहको निर्माणमा भूमिका निभाउन चाहन्थ्यो । इरान भारतको मध्य एशियाको प्रवेशद्वार भएकाले उ भारतको लागि महत्वपूर्ण रहदैं आएको छ । त्यस्तै भारत इरान–अफगानिस्तान रेल सम्पर्क पनि निर्माण गर्न चाहन्थ्यो । ’
‘भारतले सधैं इरानलाई साथ दिएको छ । इरान भारतको लागि नजिकको र महत्वपूर्ण देश हो । स्वतन्त्रता अघि दुई देशको सिमाना पनि मिल्थ्यो । तर अब इरानी नेताको भनाईपछि छब्बरलाई लिएर आवश्यक दुःख पर्छ ,’ आगाले भने ।
-बीबीसी हिन्दीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर