शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘चपली हाइट ३’ सस्पेन्स थ्रीलर टिजर सार्वजनिक

आइतबार, २५ फागुन २०७६, १३ : ३८
आइतबार, २५ फागुन २०७६

काठमाडौं । अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको टिजर सस्पेन्स थ्रिलर शैलीमा तयार गरिएको छ । 

१ मिनेट ४३ सेकेण्ड अवधिको टिजर हेर्दा फिल्म अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान लगायन सकिन्छ । टिजरमा अभिनेता अर्पण थापा पनि देखिएका छन् । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
स्वस्तिमा र अर्पणको अलवा फिल्ममा सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय समेटिएके छ । 

सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व रहेको फिल्म अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म सन् २०१२ को सुपरहिट ‘चपली हाइट’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप