बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह

शनिबार, २४ फागुन २०७६, २० : ३६
शनिबार, २४ फागुन २०७६

सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिलसमेत गरेको छ । 

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस ९कोभिड¬–१९० नेपालमा आउनसक्ने उच्च जोखिम रहेकोतर्फ सचेत गराउँदै गृह मन्त्रालयले आवश्यक सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ ।
 
सरकारले कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ ।

गृह मन्त्रालयले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम स्थगन गरेको जानकारी दिँदै रोकथामका लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।

होली नखेल्न आग्रह

होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको छ । 

भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप