शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङले  टेलिकम सेवा अवरुद्ध

शनिबार, २४ फागुन २०७६, १८ : ५८
शनिबार, २४ फागुन २०७६

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५  भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पु-याउँदा सेवा अवरुद्ध भएको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले आज विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको  जानकारी दिए ।

कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए ।

चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युत्को मिटरबक्समा क्षति पुगेको जनाइएको छ । नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप