शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरको ‘क्यानभस’मा ट्याटु माेह (फाेटाेफिचर)

शनिबार, २४ फागुन २०७६, १८ : ५४
शनिबार, २४ फागुन २०७६

ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ सम्पन्न भएको छ ।

नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा ‘ललितपुर ट्याटू कन्भेन्सन २०२०’ सम्पन्न भएको हो ।

कार्यक्रममा ५५ जनाले ट्याटू खोपाएको र करिब दुई सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ । ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम सम्योजक पूनम थापा सारुले बताइन् । ललितपुरका स्थानीय ट्याटू कलाकारले भाग लिएका छन् ।

कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका थिए भने शनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिएका थिए। 

पछिल्लो समय नेपालमा ट्याटुप्रति युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।

तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

थप तस्बिरहरु हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप