शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईका शेख मोहम्मदले छोरी अपहरण गरेको र श्रीमतीलाई धम्काएको बेलायती अदालतको ठहर

बुधबार, २८ फागुन २०७६, १७ : ११
बुधबार, २८ फागुन २०७६

बेलायतको एक अदालतले दुबईका शासक शेख मोहम्मद बिन राशीद अल–मुकतूमविरुद्ध एक निर्णय सुनाएको छ ।

शेखकी पत्नी राजकुमारी हया बिन्त अल–हुसेनले हालेको एक मुद्दाको सुनुवाई गर्ने क्रममा अदालतले पत्नी र राजकुकमाारीको पक्षमा फैसला सुनाएको हो । 

यो हाई–प्रोफाइल सुनुवाई करिब आठ महिना शुरु भएको थियो । लामो सुनुवाईपछि अदालतले एक ‘फ्याक्ट फाइन्डिङ’ फैसला दिने क्रममा राजकुमारी हयाको पक्षमा फैसला सुनाएको हो । 

राजकुमारी हया अघिल्लो वर्ष दुबईबाट भागेर लण्डन पुगेकी थिइन् । राजकुमारीले आफ्नो श्रीमानविरुद्ध कानुनी लडाई लड्ने तयारी गरिरहेको र त्यो कुरा उनको श्रीमानले थाहा पाएपछि खतरा महसुस गरेर त्यो कदम चालेको थियो । 

शेख मोहम्मदले यो फैसला सार्वजनिक नगर्न भरपुर कोशिश गरेका थिए तर यस्तो भएन । सुनुवाईको दौरान अदालतले दुबईको शासकको अदालतप्रति इमान्दार नभएको पनि बतायो । 

अदालतको फैसला आएपछि एक वक्तव्य जारी गर्दै शेख मोहम्मदले सरकारका प्रमुख भएको नाताले आफूले अदालतको फ्याक्ट फाइण्डिङ प्रक्रियामा हिस्सा लिन समर्थ नभएको, यसैले फैसलामा एक पक्षको मात्र कुरामा आएको बताए । 

शेखले यो प्रकरणलाई आफ्नो व्यक्तिगत मामिला बताए । उनले भने ,‘ म मिडियाँसँग हाम्रा बालबच्चको गोपनियताको सम्मान गर्न आग्रह गर्छु । ’

छोरीको अपहरणकर्ता !
एक लामो कानुनी प्रक्रियापछि अदालतले शेख मोहम्मदलाई आफ्नी छोरीको अपहरणका लागि जिम्मेबार पनि ठहराएको छ । 

दुबईका शासककी छोरी शेख लतीफाले सन् २०१८ को मार्च महिनामा भाग्ने कोसिस गरेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार उनलाई भारतीय तट छेउ पुगेपछि जबरजस्ती पक्राउ गरिएको थियो । 

युएईले यी सम्पूर्ण समाचारको खण्डन गरेको थियो र राजकुमारी आफ्नो घरमा रहेको बताएको थियो । 

समाचार अनुसार दुबईका शेखकी छोरी शेख लतीफाले स्वतन्त्र जीवनको लागि विदेश भाग्ने कोशिश गरेकी थिइन् । 

३३ वर्षिया लतिफालाई एक पूर्व फ्रेन्च जासूस हर्ब जोबर्टले भाग्न सघाएका थिए । समाचार अनुसार उनलाई नोस्ट्रोमो भारतीय तटभन्दा ८० किमी टाढा पक्राउ गरिएको थियो । 

जोबर्टका अनुसार राजकुमारीलाई पक्राउपछि जबरजस्ती जहाजमा हालेर दुबई फिर्ता लगिएको थियो । उनका अनुसार लतिफा विदेशमा गएर शरण लिन चाहन्थिन् । 

शेख लतीफाको अतिरिक्त शेख शम्सा पनि सन् २००० मा ब्रिटेनमा छुट्टी मनाउने क्रमा सम्पर्कविहिन भएकी थिइन् । 

तर पछि शेखका एजेन्टले उनलाई क्याम्ब्रिजशायरबाट समाएर फिर्ता गरेका थिए । उनलाई पनि जबरजस्ती दुबई फिर्ता गरिएको आरोप लाग्ने गर्छ । 

को हुन् राजकुमारी हया ?

सन् १९७४ मा जन्मिएकी राजकुमारी हया जोर्डनका राजा हुसेनकी छोरी हुन् । हयाले आफ्नो बाल्यकाल र किशोरकालको अध्ययन बेलायतमै गरेकी थिइन् । 

हयाले अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शन र अर्थशास्त्र पढेकी छन् । घोडसवारकी शौखिन हयाले सन् २००० मा ओलम्बिक खेलमा जोर्डनको प्रतिनिधित्व समेत गरेकी थिइन् । 

उनी शेखकी छैठौं पत्नी हुन् । यी दुईबाट दुई बच्चा छन्, एक जना सात वर्षका छन् र अर्का ११ वर्षका । 

शेख लतीफा देशबाट भागेको प्रकरणले नै राजकुमारी हया र शेख मोहम्मदबीच विवाद सुरु गराएको बताइन्छ । 

लण्डनमा चलिरहेको पछिल्लो कानुनी रस्साकस्सीकाले शेखलाई देशभित्र अफ्ठ्यारो पारेको बुझिएको छ । राजनीतिक र आर्थिक चुनौतीका बीच घरकलह बाहिरिदाँ उनले अफ्ठ्यारो भोगिरहेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप