गान्धीलाई महाकवि टैगोरको अचम्मको भिक्षा
कुरा सन् १९३९ को हो । रवीन्द्रनाथ ठाकुर विमार थिए । डाक्टरले उनलाई आराम लिने सल्लाह दिएका थिए । तर महाकवि ठाकुरले त्यसलाई पालना गरिरहेका थिएनन् । उनी आफ्ना कामहरु काम हरेक दिन स्वस्थ हुँदाखेरिजस्तै नियमानुसार गर्दै जान्थे । त्यो देखेर ठाकुरका नाताकुटुम्बका मानिसहरु चिन्तित बने ।
महाकवि र महात्मा गान्धीबीच राम्रो सम्बन्ध थियो । महात्माले भनेका कुराहरु महाकविले हत्तपत्त मान्न इन्कार गर्दैन थिए । त्यसैले शान्ति निकेतनका केही व्यक्तिहरुले महात्मा गान्धीलाई सबै कुराको जानकारी दिँदै तार–सन्देश पठाई बोलाए ।
खबर पाएपछि गान्धीजी आइपुगे । महाकवि ठाकुरलाई भेट्ने बित्तिकै उनले भने, “गुरुदेव, मलाई एक भिक्षा दिनुहोस् ।”
“जो स्वयं मगन्ते हो उसले के भिक्षा देला ?” गुरुदेवले पनि विनम्रतापूर्वक गान्धीलाई जवाफ दिए ।
तर गान्धीजी न ठहरे, उनले हार मानेनन्, आफ्नो मागमा अडिइरहेछ । आखिरमा उनले गुरुदेवबाट वचन लिई नै छाडे र त्यसपछि भने, “खाना खाइसकेपछि हरेक दिन तपाईंले एक घण्टासम्म पूरा आराम लिनु पर्दछ । त्यही नै मेरो लागि भिक्षा हुनेछ ।”
महाकविले आफ्नो शर्तअनुसार गान्धीको कुरा मान्नै पर्यो ।
केही दिनपछि आचार्य क्षितिजमोहन सेन खानाको समयपछि गुरुदेवलाई भेट्न आए । त्यतिखेर महाकवि सबै झ्यालढोका बन्द गरी भित्र कोठामा पल्टिरहेका थिए । ढोकाको चिरा परेको ठाउँबाट आइरहेको प्रकाशमा हुने हलचलबाट नै रवीन्द्रनाथ आगन्तुकलाई चिन्न सक्दथे । उनले सोधे, “ठाकुर दाइ हो ?”
“हो, तर तपाईं यसरी सबै झ्यालढोकाहरु नै थुनेर यहाँभित्र के गरिरहनु भएको छ ?” आचार्यले अचम्म मान्दै सोधे ।
“म गान्धीजीलाई भिक्षा दिइरहेको छु !” –गुरुदेवको सजिलो उत्तर थियो ।
सन्दर्भ स्रोत : महान् हस्तियाँके हास्य–विनोद
Title Photo: https://images.news18.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसलापछि गण्डकीका सभामुखले भने– कानुन व्यवसायीसँग परामर्श गर्छु
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
समीक्षाले लिएर आइन् मनछुने गीत ‘मुटु रेटियो’
-
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
-
राजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
-
राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’मा प्रयोग गर्ने बाटो खुल्यो