शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शौच गर्न निस्केका यादवलाई आफ्नै ज्वाइँले हाने गोली

शनिबार, २४ फागुन २०७६, १३ : ३८
शनिबार, २४ फागुन २०७६

बर्दिवास । गत आइतबार रातको २ बजे शौच गर्न घरबाट बाहिर निस्केका महोत्तरीको मनरासिस्वा नगरपालिका–३ बस्ने ६२ वर्षीय सहदेव प्रसाद यादवलाई गोली हान्ने उनको आफ्नै कान्छो ज्वाइँ रहेको खुल्न आएको छ । महोत्तरीको औरही नगरपालिका–१ घर भएका सन्तोष यादवले ससुरालाई गोली हानेको स्वीकारेका छन् ।

जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचाररत सहदेवले सञ्चारकर्मीसँग भने, ‘मध्यरातमा पिसाब फेर्न उठेको थिएँ । श्रीमती पनि म सँगै उठेकी थिइन् । मैले मोबाइलमा टर्च बालेको थिएँ । घर बाहिर निस्किँदा ३ जनालाई घरकोे भित्तामा लुकेको देखेँ । त्यसमध्ये एकजना मेरै ज्वाइँ थिए । हेर्ने बितिकै मोबाइलको उज्यालोमाथि २ गोली हानियो एउटा गोली छेउबाट गयो । अर्को मेरो कोखमा लाग्यो म ढलेँ ।’

सन्तोषले जाँडरक्सी सेवन गरी पटक–पटक ऋण माग्ने गरेको र नदिँदा छोरी (श्रीमती)लाई कुटपिट र यातना दिएका कारण ज्वाँइसँग सम्बन्ध बिग्रिएको घाइते यादवको भनाइ छ ।

सहदेवलाई पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई बिहीबारदेखि हस्पिटलको नर्मल वार्डमा राखेर उपचार गरिएको छ ।

घाइते यादवका २ छोरा वैदेशिक रोजगारीमा विदेशमा कार्यरत छन् । उनका दुई बुहारीसमेत घरमा नभएको बेला गोली हानिएको थियो । यादव अवकाश प्राप्त शिक्षक हुन् ।

गोली प्रहार गर्ने ज्वाइँ सन्तोष यादवलाई ससुरा सहदेवदवले कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएसँगै घटनाकै भोलिपल्ट (सोमबार) सन्तोषलाई प्रहरीले प्रक्राउ गरेको छ ।

ससुरा र ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप