शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी राजपरिवारका तीन सदस्य हिरासतमा

शनिबार, २४ फागुन २०७६, १३ : ०८
शनिबार, २४ फागुन २०७६

रियाद । साउदी अरेबियामा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । सत्ताका लागि षडयन्त्र रचेको आरोपमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको हो ।

साउदी नरेश सुल्तानका भाई प्रिन्स अहमद बिन अब्दुलअजीज अल साउद र भतिजा प्रिन्स मोहम्मद बिन नाएफसहित तीन जनालाई हिरासतमा लिइएको जनाइएको छ । रोयल गार्डले उनीहरुलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आदेशमा उनीहरुलाई हिरासतमा लिइएको हो ।

अमेरिकी अखबार वाल स्ट्रिट जनरल र न्यूयोर्क टाइम्सले साउदी दरवार निकट स्रोतलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेका छन् ।

साउदी राजपरिवारले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप