बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुत्ता

शनिबार, २४ फागुन २०७६, ११ : ४०
शनिबार, २४ फागुन २०७६

हरेक दिन तिमीसँगै गन्तव्य

भेट्न म पनि हतारमै हुन्थे

अनवरत हिँडिरहे तिमीसँगै

सयौँ चोक र गल्लीहरुमा               

तिम्रा पैतालाका फोहोरहरु

अनुहारभरि पोतेर                        

पसिनाका दुर्गन्धित आहलमा

डुबेर

मैले पनि त नापेको हुँ तिमीले

भन्ने गरेको पृथ्वी र चन्द्रमा बराबरको

दूरी

तिमीलाई स्वच्छ राख्न सहेकै हुँ

हिलो र धुलोको कहर

जिन्दगीका यात्रामा तिखा काँडाहरु 

मुटुमा बिझाएर तिम्रो पाइलाहरुलाई

गन्तव्यमा पु¥याएको हुँ मैले

हे ! मेरो प्रिय मानिस आज मेरो रुग्ण शरीरलाई  

खुट्टा भए जुत्ता कतिकति भन्दै

उपहासका साथ मिल्काइरहँदा 

के कहिलेकाहीँ सताउँदैन तिमीलाई

तिम्रो पैतालाबाट आउने मेरो तलुवाको

अमिलो गन्धले ।

-मनोज लम्सा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप