चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ बर्षीय बालक
गुल्मीको मदाने गाउँपालिका–७, भनभने नेटाखर्क गाउँका ११ वर्षीय मनिष खड्का आर्थिक अभावका कारण चन्दा उठाएर बाबुको काजकिरिया गरिरहेका छन् ।
दुबै मिर्गौला फेल भएका उनका पिता रामबहादुर खड्काको उपचारमा पनि रकम अभावका कारण चन्दा उठाइएको थियो । उपचार कै क्रममा फागुन १५ गते ४२ वर्षको उमेरमा रामबहादुरको मृत्यु भएपछि काज किरियाका लागि समेत रकम अभाव भएको हो ।
छिमेकीले शाहघाटबाटै काज किरियाका लागि चन्दा उठाउन सुरु गरे । नगद तथा अन्न संकलन गरेर काज किरियाको खर्च जुटाइएको छिमेकीहरुको भनाइ छ ।
घरमा तीन महिना पनि खान नपुग्ने जमिन भएका खड्का परिवारले दैनिक निमेक मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए ।
मनिष आफैँ पनि बिरामी नै छन् । हर्नियाबाट ग्रसित उनको उपचार गर्न पनि नसकिएको परिवारको भनाइ छ । सुरुमा पिताको उपचारमै ध्यान केन्द्रित गरिएको र अहिले काज किरियामा लाग्नु परेका कारण मनिषको उपचार हुन नसकेको हो ।
मनिषकी आमा निर्मला खड्काले छोराको रहरमा १० सन्तानको जन्म दिएको बताईन् । १० सन्तानमध्ये मनिषमात्र छोरा हुन् ।
खड्का परिवारको बिचल्लीको खबर सुनेर स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता बुद्धि जिसी सहयोग रकम लिएर पुगेका थिए । उनले आफ्नो तर्फबाट ३५ हजार नगद सहयोग मृतककी जेठी छोरी पवित्रालाई हस्तान्तरण गरे ।
अहिले काज किरिया कसरी टार्ने भन्ने चिन्ता भएको र त्यसपछि पनि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताइरहने निर्मलाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण