शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेल आउँदै थियो, नमस्ते गरेर लिकमा हामफालिन् महिला

शनिबार, २४ फागुन २०७६, १० : २१
शनिबार, २४ फागुन २०७६

भारतको झारखण्डमा एक महिलाले रेलको अगाडि हामफालेर आत्महत्या गरेकी छन् ।

शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलका अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले आत्महत्या गरेकी हुन् । 

श्रीपल्ली निवासी मीनाक्षीले किन आत्महत्या गरिन् भन्ने खुल्न नसकेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

प्रहरीका अनुसार मृतक महिला आफ्नी छोरीसमेत परिवारका सदस्यहरुका साथ श्रीपल्लीस्थित तारा अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार मीनाक्षी करिब २० मिनेटदेखि रेलवे स्टेशनको एउटा छेउमा बसेर रोइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेल देखेपछि उनी जुरुक्क उठेर रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हामफालेकी थिइन् ।

घटनास्थलमै उनको मृत्यु भएको बताइन्छ । प्रहरीले उनको शव पोस्टमार्टमका लागि पठाएको छ ।

मृतकका पति पुरुषोत्तम सिंह भने कोलाकातामा बस्दै आएको बताइन्छ । उनको पैतृक गाउँ बिहारको मुगेर जिल्लामा पर्दछ ।

पुरुषोत्तमका दाजु विजय सिंह परिवारका सदस्यहरुका साथ जामताडास्थित अपार्टमेन्टमा बस्दै आएका छन् । मृतक मीनाक्षी केही महिना अघि छोरीका साथ जामताडामा पुगेकी थिइन् ।

पति पुरुषोत्तमका अनुसार मीनाक्षी केही समयदेखि डिप्रेसनमा थिइन् । कोलकातामा बस्दै आएकी उनी अचानक त्यहाँबाट जामताडामा आएर परिवारका अन्य सदस्यहरुका साथ बस्न थालेको पुरुषोत्तमको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप