मानव शरीरका अनौठा तथ्यहरु
0 विश्वका ४६ प्रतिशत व्यक्तिहरुको रगत ‘ओ’ ग्रुपको रहेको हुन्छ ।
0 मानव शरीरमा सबभन्दा लामो शिरा ‘तल्लो भेनाकाभा’ (Inferior Venacava) हो । त्यसले मुटुभन्दा तलका अंगहरु र मुटु स्वयंमा रगत प्रवाह गर्छ ।
0 सामान्य अवस्थामा सरदर पाको पुरुषमा मुटुको धड्कन अथवा नाडीको गति प्रतिमिनेट ७० देखि ७२ सम्म हुन्छ । महिलाहरुमा यो ७८ देखि ८२ प्रतिमिनेटसम्म हुन्छ ।
0 पुरुषमा दाह्री जुंगा ‘होल’ नामक हर्मोन (ग्रन्थीबाट निस्कने तरल पदार्थ) को कारणबाट उम्रिन्छ । यो हर्मोन पुरुषमा मात्र हुन्छ । महिलाहरुमा भने ‘एस्ट्रोजन’ नामक हर्मोन हुन्छ, जसले दाह्री जुंगा उम्रन दिँदैन ।
0 निद्राको समयमा हाम्रो शरीरको तापक्रम लगभग एक डिग्री कम हुन्छ ।
0 जुन बेलामा मस्तिष्कमा आवश्यक मात्राको रगत प्रवाह हुन सक्दैन त्यस बेलामा मानिस बेहोश हुन पुग्दछ ।
0 हाम्रो शरीरमा कुल ६३९ वटा मांशपेशीहरु रहेका छन् ।
0 सबभन्दा बलवान मांसपेशी जिब्रो हो ।
0 जिब्रोमा लगभग ३००० वटा स्वाद कोठाहरु हुन्छन् । बृद्धाअवस्थामा यो घटेर ८०० हुन पुग्छ ।
0 मान्छेको ओठमा चिल्लो निकाल्ने ग्रन्थी हुँदैन ।
0 मान्छेको नङ्ग एक दिनमा अधिकतम ०.१ मि.मि. बढ्दछ । खुट्टाका औंलाहरुको तुलनामा हातका औंलाहरुमा छिटो छिटो नङ्ग बढ्दछ ।
0 गर्भभित्रको शिशुमा रगतको निर्माण मृगौलाबाट हुन्छ । तर जन्मेपछि मान्छेमा हाडभित्रको मासी (Bone Marrow) बाट रगत निर्माण हुन्छ ।
0 मानव मस्तिष्कमा लगभग ३० अर्ब स्नायु कोशिकाहरु रहेका हुन्छन् ।
0 पुरुषको मस्तिष्कको सरदर वजन १३८० ग्राम रहेको हुन्छ भने महिलाको १२५० ग्राम ।
0 हाम्रो शरीरमा पुरानो छालालाई एक महिनाभित्रमा नयाँ छालाले विस्थापन गरेको हुन्छ । साह्रै ढिलो गतिमा हुने भएकोले यसको चाल हामी पाउँदैन ।
0 मान्छेको शरीरमा कुल वजनको ७० प्रतिशत भाग तरल पदार्थको रहेको हुन्छ ।
0 हाम्रो आँखाको कोर्निया र लेन्समा रगतको प्रवाह हुँदैन ।
0 मानिसहरुले प्रति ६ सेकेण्डमा एक पटक आँखा झिमिक्क गर्छन् । दिनभरि आँखा झिमिक्क गर्दाको समयको हिसाव गर्दा एक जना मान्छेले हरेक दिन (रातमा होइन) लगभग आधा घण्टा आँखा बन्द गरेको हुन्छ ।
0 मस्तिष्कको दायाँ भागले हाम्रो शरीरको बायाँ भागलाई नियन्त्रण गर्दछ । त्यस्तैगरी शरीरको दायाँ भागलाई मस्तिष्कको बायाँ भागले नियन्त्रण गरेको हुन्छ ।
0 मान्छे जन्मेर ७ वर्ष पुग्दासम्म उसको मुटुले लगभग २७० करोड पटक ढुक ढुक गरिसकेको हुन्छ ।
0 ७ वर्षको उमेरसम्ममा मानव मुटुले करिब २७ करोड लिटर रगत पम्प गरिसकेको हुन्छ ।
0 भर्खर जन्मेको शिशु रोए पनि आँखाबाट आँशु आउँदैन । यसो हुनुको कारण के हो भन्ने त्यतिबेलासम्म शिशुको अश्रुग्रन्थी (आँशु उत्पादन गर्ने ग्रन्थी) विकसित भएको हुँदैन ।
0 एक जना वयस्क मान्छेको शरीरमा रक्तनलीहरुको कुल लम्बाई करिव १ लाख किलोमिटर हुन्छ ।
0 औसत मान्छेले आफ्नो जिन्दगीको करीब २० वर्ष समय निदाएर बिताएको हुन्छ ।
Title Photo: https://cdn.britannica.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै