शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडकका खाल्टाखुल्टी पुर्ने कर्मचारीको व्यथाः २० घण्टा सडकमा, रातभरि अनिँदै

शनिबार, २४ फागुन २०७६, ०७ : ३८
शनिबार, २४ फागुन २०७६

काठमाडौं । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । 

काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । 

उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् ।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप