बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा कारखानामा ग्यास चुहावट, ७० जना अस्पताल भर्ना

शुक्रबार, २३ फागुन २०७६, २२ : ३२
शुक्रबार, २३ फागुन २०७६

एजेन्सी । पाकिस्तानको काराँचीस्थित कसिम क्षेत्रमा रासायनिक कारखानाबाट क्लोरिन ग्यास चुहावट भई ७० जना विरामी परेका छन् । उनीहरू सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमले सम्बन्धित अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएका छन् ।

‘कारखानाबाट क्लोरिन चुहावट हुँदा कारखानामा कार्यरत ती कर्मचारी विरामी परेका छन् । अहिले सावधानीका लागि कारखाना वरपरको प्रभावित क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ,’ काराँचीस्थित एङ्ग्रो पोलिमर तथा केमिकल प्लान्टद्वारा जारी विज्ञप्तिलाई पाकिस्तानी समाचार संस्था ‘डन’ले उद्धृत गरेको छ । 

ग्यास चुहावटलाई तत्काल नियन्त्रण गरिएको छ भने प्रभावित व्यक्तिलाई नजिकको अस्पतालमा लगी आवश्यक प्राथमिक उपचार सेवा दिइएको थियो । सवै विरामी खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

डनले भनेको छ, ‘घटनामा कुनै मानवीय क्षति भएको छैन । विरामीहरू बेहोस हुने वा गम्भीर विरामी भएको अवस्था छैन ।’ 

घटनापछि ७० जनालाई उपचार सेवा दिइएको र एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचार सेवा प्रवाह गरेको जिन्ना मेडिकल सेन्टरका कार्यकारी निर्देशक सिमन जमालीले बताए । Photo:  www.dnanews.com.pk 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप