शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासन र समृद्धिको युग: मुख्यमन्त्री राई

शुक्रबार, २३ फागुन २०७६, २२ : १९
शुक्रबार, २३ फागुन २०७६

सोलुखु्म्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र समृद्धिको युग भएको बताएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले जनप्रतिनिधिले जनतालाई छल्ने सुविधा नभएको बताए ।

उनले केचनाकवचदेखि सगरमाथासम्म फाष्टट्र्याक सडक र केवलकारको महत्वाकाङ्क्षी योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोकमार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको दाबी गरे । प्रदेश नं १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री राईले महाकुलुङ अस्पतालको व्यवस्थापनमा सहयोग गर्ने बताए । प्रतिनिधिसभा सदस्य हेमकुमार राईले विकासमा राजनीति नगर्न आग्रह गर्दै विकासका क्रियाकलापमा गरिने राजनीतिले समृद्धि सम्भव नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप