यसरी खिचियो मंगलग्रहको ‘नयाँ तस्बिर’

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहको अदभूत (तस्बिर) लिन सफल भएको छ । नासाको क्युरियोसिटी रोबर्टले मंगलग्रहको नयाँ तस्बिर कैद गर्न सफल भएको हो । अहिलेसम्मकै सर्वाधिक १.८ अर्ब पिक्सल रिजोल्यूशन भएको यो तस्बिरमा लालग्रह समेत भनेर चिनिने मंगलग्रहको अदभूत दृष्य देख्न सकिने नासालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । नासाका अनुसार रोबर्टले आफ्नो लेन्समार्फत पछिल्लोपटक २४ नोभेम्बरदेखि १ डिसेम्बरबीच एक हजारभन्दा बढी धेरै तस्बिर लिएको थियो ।
अहिले खिचिएको तस्बिर मंगलग्रहको माउन्ट शार्पस्थित ‘ग्लेन टोरिडोन’ क्षेत्रको भएको बताइएको छ । नासाका शोधककर्ताहरुका अनुसार नासाले पठाएको रोबर्टले खिचेको यो दूर्लभ मौका हो । नासाका क्युरियोसिटी रोबर्ट मिसन नियन्त्रणको जिम्मा लिएका वैज्ञानिक आश्विनी वसवादाले भने, ‘मिसनको दौरानमा हामीले पहिलोपटक ३६० डिग्री को तस्बिर हाम्रो अभियानमामार्फत समर्पित गर्यौ ।’
रोबर्टले यसअघि सन् २०१३ मा १.३ अरब पिक्सल रिजोल्युसनको तस्बिर लिएको थियो । सन् २०११ नोभेम्बर २६ मा नासाले मंगलग्रहमा पठाएको उक्त रोबर्ट कार आकारको रहेको छ । उक्त रोबर्ट सन् २०१२ अगष्ट ६ मा मंगलग्रहमा उत्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने
-
‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ
-
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?