बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिला उद्यमीहरुलाई सशक्त बनाउन दराजको जागृति अभियान

शुक्रबार, २३ फागुन २०७६, १७ : २८
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं– अन्तराृष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ ।

यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु हो । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा ‘विमेन एक्ट’ नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिइने दराजले जनाएको छ । उक्त अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म जारी हुनेछ ।

दराजसँग एकता देखाउँदै बैंक पार्टनर सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट/डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा ‘प्रि–पेमेन्ट’ गर्नुपर्नेछ ।

यसबाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् । साथै ग्राहकहरूले भौचर मार्फत १५० देखि ३५० सम्मको छूट पनि पाउन सक्छन् ।

महिलाहरुमा उद्यमशीलताको विकास गर्न दराजले विशेष प्राथमिकता दिँदै आएको छ । इकमर्स र विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ । दराजको सजिलो दर्ता प्रकृया र  निःशुल्क तालीमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न शक्ति प्रदान गरेको छ ।

दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ । उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन् । इच्छुक दर्शकहरूले दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सक्दछन् ।

यस अभियानको मार्फत दराजले महत्वाकांक्षी महिलाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न प्रोत्साहित गर्ने आशा गर्दछ किनकी अब समय आएको छ ‘नयाँ सोच, नयाँ म’ को । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप