चार विधेयक दफावार छलफलका लागि समितिमा
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ मा विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत