कोरोनाको महामारी फैलन नदिन यस्तो छ बुद्ध एयरको तयारी
शुक्रबार, २३ फागुन २०७६, १२ : १०

काठमाडौं– कोरोनाभाइरसको महामारी फैलन नदिन र भाइरसबाट बच्न बुद्ध एयरले सतर्कता अपनाएको छ । बुद्ध एयरले सतर्कताको लागि एयरलाइनमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराएको छ ।
भाइरसबाट बच्न तथा सामनाका लागि हामी सम्पूर्ण नेपाली तयार हुनुपर्ने भन्दै एयरलाइनले यसको शुरुवात आफैबाट गर्नुपर्ने पनि बताएको छ । बुद्धले आफ्ना जहाज तथा रयाम्प बसहरुलाई संक्रमणरहित र सुरक्षित तुल्याउन विशेष सरसफाई तथा प्रक्रिया थालिसकेको छ ।
यात्रु सुरक्षा हाम्रो पहिलो दायित्व भएको भन्दै एयरलाइनले चेक–इन काउण्टरमा एयरलाइनका कर्मचारीले विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्न लागेको बताएको छ । साथै तापक्रम बढी भएका यात्रुलाई घर फिर्ता तथा आवश्यक उपचारका लागि अनुरोध गरिने कार्यलाई अगाडी बढाएको पनि बुद्धले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल