शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'हरेक जिल्ला र नगरसम्म फैलिएको हाम्रो व्यावसायिक नेटवर्क नै मेरो जितको मुख्य आधार हो'

हाम्रो नारा नै ‘राज्य निजी क्षेत्र साझेदार, समृद्धिको आधार’ भनेका छौँ : चन्द्रप्रसाद ढकाल
शुक्रबार, २३ फागुन २०७६, १२ : ०४
शुक्रबार, २३ फागुन २०७६

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालको निजी क्षेत्रका एक प्रतिष्ठित व्यवसायी हुन् । ढकालको यीबाहेक एकदर्जनभन्दा बढी क्षेत्रमा लगानी छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले महासंघको आगामी चैत्रमा हुने ५४औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । प्रस्तुत छ महासंघको आगामी निर्वाचन र उनको उम्मेदवारीमा केन्द्रित रहेर रातोपाटीले ढकालसँग गरेको कुराकानीको अंश ।


मेरो पक्षमा निकै राम्रो माहोल बनेको छ । जिल्ला तथा नगर, एसोसियट र वस्तुगत सबै क्षेत्रका साथीहरुले मलाई समर्थन गर्दै शुभकामना दिइरहनुभएको छ । सबै साथीहरु निकै उत्साही पाएको छु । ७७ जिल्ला र नगरसम्म फैलिएको हाम्रो आफ्नै व्यवसायिक नेटवर्क नै मेरो जितको मुख्य आधार हो ।


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी घोषणा गर्नुभयो । तपाईंले आफ्नो माहोल कस्तो पाउनुभएको छ ?

मेरो पक्षमा निकै राम्रो माहोल बनेको छ । जिल्ला तथा नगर, एसोसियट र वस्तुगत सबै क्षेत्रका साथीहरुले मलाई समर्थन गर्दै शुभकामना दिइरहनु भएको छ र दिने क्रम जारी छ । सबै साथीहरु निकै उत्साही पाएको छु । ७७ जिल्ला र नगरसम्म फैलिएको हाम्रो आफ्नै व्यवसायिक नेटवर्क नै मेरो जितको मुख्य आधार हो ।

तपाईँलाई भोट दिने आधारहरु के के हुन् ? नेतृत्वमा आउनलाई व्यवसायी साथीहरुसँग तपाईँको अपिल के हो ? 

म सानो पसलबाट व्यवसाय सुरु गरेर अहिलेको अवस्थामा आएको हुँ । हुन त म अहिले पनि खासै केही होइन, किनभने गर्नुपर्ने अझै धेरै छ । तर पनि गाउँबाट आएर काठमाडौँमा एउटा सामान्य पसल र त्योभन्दा अघि सहायक स्तरको जागिरबाट शुरु भएको मेरो ‘करियर’ आजका दिनसम्म आइपुग्दा म खुशी नै छु । हो, यसैगरी मेरोजस्तो सानोतिनो व्यवसायीलाई खुशी बनाउने नै मेरो उद्देश्य हो ।

हामीले आईएमई मार्फत निम्न आय र स्तरका नेपाली दाजुभाइ दिदीबहिनीहरुले विदेशमा गएर रगत पसिना पोखेर जम्मा गरेको दुईचार पैसालाई औपचारिक माध्यमबाट नेपाल भित्र्याएर उनीहरुका आमाबुबा र लालाबालाका हातमा पु¥याइदिने पेसा गरेकोले उनीहरुको दुःख पनि अरुले भन्दा मैले नै बढी देखेको छु जस्तो लाग्छ । हो, त्यहाँनेर उभिएर हेर्दा पनि यो देशको विकास पनि साना र मझौला उद्योगहरुको विकास, तिनीहरुको संरक्षण र सम्बद्र्धनबाट नै हुन्छ भन्ने मलाई लाग्छ । जसले पनि आफ्नै ‘ग्राउन्ड रियालिटी’ कै वरपर रहेर काम गर्ने हो । जसले पनि पहिला हेर्ने र न्याय गर्ने भनेको आफूले टेकेको धर्तीकै हो । अनि भनिन्छ नि, खुकुरीको चोट अचानोले मात्र थाहा पाउँछ । हो, त्यसैले मैले पनि यस्तै व्यवसायीलाई न्याय दिलाउने कामलाई पहिलो प्राथमिकतामा राख्नेछु । म उहाँहरुलाई नै उत्साहित र प्रोत्साहित गर्ने, उहाँहरुकै सफलतामा रमाउने र उहाँहरुका हातमा साथ मिलाउने हो । 

तर हामीलाई त ठूला लगानी र विदेशी लगानीको पनि उत्तिकै जरुरी छ नि । ठूला लगानीको सुरक्षा र वैदेशिक लगानी भित्र्याउन तपाईका कार्यक्रम के कस्ता छन् ?

हो, हाम्रो देशमा वैदेशिक र ठूला लगानी छन् र भित्रिँदै पनि छन् । तिनको सुरक्षामा काम गर्नुपर्ने दायित्व पनि महासंघको हो । ठूलो लगानीको सुरक्षा नगरी देशले लिएको समृद्धिको यात्रा पूरा हुन सक्दैन । यी सबै कार्यका लागि सरकारसँगै नेगोसियसन गर्ने हो । व्यवसाय र व्यवसायीहरुको हितमा म एक व्यवसायी लाग्ने हो । हाम्रा सोच, प्रयास, संघर्ष र अभियानहरुले देशमा लगानीमैत्री, व्यवसाय मैत्री र व्यवसायीमैत्री वातावरण बनाउने हो । त्यसका लागि देश घुमेको र साना ठूला सबै व्यवसायी साथीहरुको समस्या बुझेको तथा आफैँ पनि सामान्यबाट व्यवसाय थालेको म जस्तो व्यक्तिले यहाँसम्म आइपुग्दा देखेका, भोगेका संघर्षहरुलाई व्यवहारमा उतारेर आगामी दिनका लागि महासंघलाई सबैको साझा र शीतल चौतारी बनाउने हो ।

म एक दशकभन्दा लामो समयदेखि अवैतनिक महावाणिज्यदुतको रुपमा काम गर्दै आएको छु । त्यस्तै विभिन्न बाइनेसनल च्याम्बरको अध्यक्ष भएर काम गरेको छु र हाम्रो व्यावसायिक नेटवर्क विदेशमा पनि रहेकोले हाम्रो वैदेशिक सम्बन्ध निकै राम्रो बनेको छ । यसले पनि देशमा वैदेशिक लगानी भित्र्याउन तथा सहजीकरण गर्न मद्दत पुग्छ भन्ने मलाई विस्वास छ ।


महासंघका गतिविधिहरुमा कुनै कमी आएका छैनन् । बरु समयअनुसार महासंघ थप मजबुत र सशक्त संगठनको रुपमा देखिदै छ । देशमा व्यावसायिक वातावरण बनाउन र व्यवसायीका आवाज उठाउन महासंघ स्थापना भएको हो । यो आफ्नो उद्देश्यमा अचल र अटल छ । हाम्रा पूर्वअध्यक्षज्यूूहरु तथा अग्रजहरुको अथक प्रयास र मिहिनेतका कारणले यो बनेको हो र यसको गरिमा अझ उचो बनाउने हामीहरुले हो ।


तर सबैले भन्ने यस्तै होला नि, वरिष्ठ उपाध्यक्षमा चुनाव जित्ने तपाईको मूख्य आधार चाँही के के हुन् ? तपाईका प्रतिष्पर्धीभन्दा तपाईलाई किन रोज्ने ?

मेरो व्यवसाय र व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म हाम्रो व्यावसायिक सञ्जाल छ । रेमिट्यान्स, बैंक, इन्सुरेन्स, मोटर्सलगायत धेरैक्षेत्र मार्फत जिल्लाका व्यवसायी साथीहरुसँग हामी जोडिएका छौँ । यसले पनि मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतीको पूर्ण जानकारी छ । सानो व्यवसाय सुरु गरेर अहिलेको आइएमई ग्रुपको अवस्थामा पुगेकोले मेरो सानादेखि ठूला व्यवसायी सबैसँग सम्बन्ध रहेको छ भने सानादेखि ठूला सबै व्यवसायीले भोगेका समस्याको मलाई अवगत छ । मैले महासंघको नेतृत्व दावी गर्नको पछाडि यी कुराहरुकोे निकै महत्वपूर्ण स्थान रहन्छ ।

मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगत सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जितलाई सुनिश्चत गरिसकेको छ ।

अहिले महासंघको गतिविधिहरु त्यति देखिदैनन् नि । के महासंघ व्यवसायीको राजनीति गर्ने थलोमात्र बनेको हो ?

तपाईले भनेजस्तो विल्कुल होइन । यसले आफूले गर्नुपर्ने सबै कार्यहरु निरन्तर रुपमा गर्दै आएको छ । महासंघका गतिविधिहरुमा कुनै कमी आएका छैनन् । बरु समयअनुसार महासंघ थप मजबुत र सशक्त संगठनको रुपमा देखिदैँ छ । देशमा व्यावसायिक वातावरण बनाउन र व्यवसायीका आवाज उठाउन महासंघ स्थापना भएको हो । यो आफ्नो उद्देश्यमा अचल र अटल छ । हाम्रा पूर्वअध्यक्षज्यूूहरु तथा अग्रजहरुको अथक प्रयास र मिहिनेतका कारणले यो बनेको हो र यसको गरिमा अझ उचो बनाउने हामीहरुले हो । त्यो हामी गर्छौँ ।

नेपालको निजी क्षेत्रको अहिलेको अवस्था के हो ? राज्यसँगको तपाईहरुको सम्बन्ध कस्तो छ अहिले ? संघीय संरचनाले गर्दा व्यावसायिक वातावरण बिग्रेको भनिन्छ नि ?

हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा । देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसारको अभिभावकको भूमिका भने पाउन सकिरहेको छैन । यसकालागि हामी निरन्तर लागि नै रहेका छौँ । सरकारसँग व्यवसायिक वातावरणका लागि छलफल, वार्ता र सम्वाद गरिनै राखेका छौँ । हामीलाई आशा छ त्यो वातावरण पनि विस्तारै बन्दै जानेछ ।


सकेसम्म सहमतिको प्रयास गर्ने हो । म सधैँ सहमतिकै पक्षमा हुन्छु । मेरो यस अघिको महासंघको यात्रालाई हेर्नुभयो भने तपाईले थाहा पाइहाल्नुहुन्छ । हेर्नुस्, म महासंघको मेरो यात्रामा कि त सर्वसम्मत भएर आएको छु कि सबैभन्दा धेरै मतकासाथ ।


व्यवसायीहरु देशमा लगानीमैत्री वातावरण छैन मात्र भन्छन् । तर सरकारले लगानीको वातावरण बन्दै गएको दावी गरेको छ । तपाईको धारणा के हो ?

नेपालमा लामो समयपछि राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरु वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसिमले प्रतिष्पर्धा नै भएको मैले पाएको छु । मेरो आफ्नै कुरा गर्ने हो भने कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरुले तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ पनि भन्ने गर्नुभएको छ ।

सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति, नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिए पनि राज्य संयन्त्रभित्र भने के के नपुगे जस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरुले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महशुस गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ ।

राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ । निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी व्यवसायी मित्रहरु आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नुपर्ने हुन्छ ।

त्यसैले मेरो उम्मेदवारीको नारा ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रूत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको विना लगानीको एउटा पाटर्नर पनि हो ।

तपाई महासंघको नेतृत्वमा आएपछि सबैभन्दा पहिले गर्ने काम के के छन् ?

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । जस्तो उद्योग व्यापार दर्ता, नविकरण र खारेजी प्रक्रियालाई सहज र सुलभ बनाउनुपर्नेछ । उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झण्झटलाई छोट्याउनुपर्नेछ । समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ ।

छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्रमात्रै होइन, त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार चाहिन्छ । गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ । उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ती र जग्गा विक्री गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ ।

एउटा निकायबाट फर्छयौट भएको विषयलाई अर्को निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ । नवउद्यमीलाई मात्रै होइन, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋणमात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । उद्योगी व्यापारीसँग राज्यका निकायले सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । करमा रहेका द्विविधाका कारण उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेको छ । त्यस्ता द्विविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ ।

एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने जुन परिपाटी छ, त्यसको समाधान गर्नुपर्नेछ । सरकारले हालै लागू गरेको भिसिटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन् । हामीले यसको पनि दिर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ ।


म हिजोका दिनमा व्यवसायीहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि उहाँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस् वा नहुँदा, म सँधै साथमै रहन्छु । आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यावसायिक नेटवर्क छ, यही व्यवसायमार्फत हामी सबै जोडिएकै छौँ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला, नगरका साथीहरुलाई महासंघको केन्द्रीय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ । हरेक जिल्ला, नगरसम्म व्यवसायले जोडिएको व्यक्ति कसरी व्यवसायीबाट टाढा हुनसक्छ ?


सम्पत्तिमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ । स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकर्षित गर्नुपर्नेछ । त्यसका लागि उद्योग बाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ । यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ । त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसी डाइलगलाई अझै बढाउनुपर्ने छ ।

विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला–ठूला मेगा इभेन्ट गर्नुपर्ने छ । उद्योगी व्यापारी साथिहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ ।

अहिले तपाईका वरिष्ठ उपाध्यक्ष लगायत तपाईहरु लगभग सबैजना महासंघको सचिवालयको सुधारको कुरा उठाउनुभएको छ । कस्तो सचिवालयको परिकल्पना गर्नुभएको हो ?

महासंघले राज्यका निकायसँग पोलिसी डाइलग गर्न, विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला–ठूला मेगा इभेन्ट गर्न महासंघको सचिवालयलाई डायनामिक बनाउनुपर्छ । मैले परिकल्पना गरेको महासंघको सचिवालय एउटा अनुसन्धान तथा विकास युनिट जस्तो हो, यहाँ विभिन्न विषयका विज्ञहरु हुन्छन् र यिनले व्यवसायीहरुलाई आवश्यक सबै किसिमका सूचना तथा परामर्श दिन सक्छन् ।

अबको करिब डेढ महिनामा शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । तपाईको टिमको कम्पोजिसन चाँही कस्तो बन्ला जस्तो छ ?

हो, महासंघको भावी अध्यक्षका रुपमा हामीले शेखर गोल्छालाई पाइसकेका छौं । उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशिल टिम बन्नेछ भन्ने मलाई विश्वास छ । यो टिम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न, मैले भन्ने गरेको छु कि, एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर एघार बनाउनेछौँ ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा त आगामी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको किशोर प्रधानको घोषणा सभामा जानुभएको थियो त ?

हजुर, जानुभएको कुरा मैले पनि मिडियामार्फत जानकारी पाए । उहाँ वेटिङ्ग अध्यक्ष हो, त्यसैले उहाँले सबैलाई समान व्यवहार गर्नुपर्ने हुन्छ । चुनावबाट आउने जोसुकै पदाधिकारी पनि उहाँका लागि उहाँकै आफ्नै टिम हो भन्ने महसुस गर्नुपर्छ । किनकी उहाँले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ ।

त्यसो भए वरिष्ठ उपाध्यक्षको निर्वाचन हुने नै भयो त ? निर्वाचन जित्नेमा तपाईँ आफू कत्तिको ढुक्क हुनुहुन्छ ?

सकेसम्म सहमतिको प्रयास गर्ने हो । म सधँै सहमतिकै पक्षमा हुन्छु । मेरो यसअघिको महासंघको यात्रालाई हेर्नुभयो भने तपाईले थाहा पाइहाल्नुहुन्छ । हेर्नुस्, म महासंघको मेरो यात्रामा कि त सर्वसम्मत भएर आएको छु कि सबैभन्दा धेरै मतका साथ ।

उपाध्यक्ष भएदेखि नै लगभग नेपालभर निरन्तर पुगेको छु महासंघकै काम र कार्यक्रमहरुमा । कतिपय अवस्थामा प्रदेश, जिल्ला÷नगर तथा वस्तुगत संघका साथीहरुले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । अधिवेशन, साधारण सभा हुन् या ठाउँ ठाउँमा भए गरेका महोत्सव या अन्य कार्यक्रमहरु । साथीहरुले बोलाउनुभएको ठाउँमा मिलेसम्म र भ्याएसम्म म पुगेको छु । उहाँहरुले आफ्ना समस्या, गुनासा र अप्ठेराहरु राख्नुभएको छ । उहाँहरुका सुख, दुःखका धेरै कुरा मैले सुनेको छु र सक्नेसम्म समाधानमा लागिपरेको पनि छु जुन कुरा साथीहरुले मनन् पनि गर्नुभएको छ । मैले यो पृष्ठभूमि यहाँ किन दिइरहेको छु भने मलाई उहाँहरु हरेकले नेतृत्वमा आउन एक पटक होइन कि पटक पटक अनुरोध गर्नुभएको छ । फेरि त्यो चुनावी भाषा या आग्रहमा कदापि होइन, हृदयदेखि नै गर्नुभएको छ । त्यो कुरा मैले महसुस पनि गरेको छु । त्यसैले मलाई महासंघको नेतृत्वमा आउन ठूलो दबाब छ । उहाँहरुको ठूलो सदासयता र आग्रह छ । त्यसैले देशभरका आदरणीय व्यवसायी साथीहरुको दबाब र सदासयताका कारण पछि हट्न मिल्ने र सक्ने अवस्था नै छैन । त्यसैले वरिष्ठ उपाध्यक्ष हुनेमा म ढुक्क छु ।

महासंघमा तपाईले खेल्ने भूमिका कस्तो हुन्छ ? शेखर गोल्छाजीले त विराटनगरको एउटा कार्यक्रममा तपाईहरुले उहाँलाई ६ महिना पनि काम गर्न नदिने भन्ने आशंका व्यक्त गर्नुभएको छ नि ?

आगामी तीन वर्षको लागि शेखरजी हाम्रो अध्यक्ष हो । उहाँले अघि सार्ने हरेक एजेण्डामा होस्टे मा हैंसे गर्ने हामी नयाँ कार्यसमितिले हो । उहाँले जुन टिम आउँछ त्यसलाई आफ्नो मानेर अगाडि बढ्ने हो ।

तपाईको त राज्यसँग पनि निकै राम्रो सम्बन्ध छ । यसबाट महासंघका मुद्दालाई स्थापित गर्न थप बल पुग्ला नि ।

हामीले जहिले पनि राज्यले अघि सारेका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरेका छौँ । जस्तो राज्यले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट च्यानलाइज गर्ने नीति ल्यायो हामीले आइएमई मार्फत त्यसलाई सहयोग गर्यौँ, सरकारले बीग मर्जरको पोलिसि ल्यायो, हामीले बैंकलाई मर्ज गरेर सहयोग गर्यौँ । त्यस्तै राज्यले पर्यटन, सूचना प्रविधिको विकासको कुरा अगाडि ल्यायो, हामीले त्यस कार्यक्रमलाई पनि सहयोग गर्ने गरी अगाडि बढ्यौँ । त्यसैले राज्यसँग हामीले एक किसिमको सुमधुर सम्बन्ध बनाएका छौँ । यही सम्बन्धमार्फत जसरी केही वर्ष अघिसम्म उद्योगी र कामदारवीच रहेको तिक्ततापूर्ण सम्वन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्वन्धमा स्थापना गर्न सफल भयौँ । त्यसैगरी हामीले हाम्रा स्टेकहोल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न हामी केन्द्रित हुनेछौँ ।

निजी क्षेत्रलाई तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने हो । कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्वाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबै जना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्नेछु । म सबै व्यवसायीहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र वहाहरुको सुख दुःखमा साथमा रहनेछु ।

तर सबैजना नेतृत्वमा पुगेपछि व्यवसायीका समस्या सुन्नु त टाढै रह्यो, फोन समेत उठाउँदैनन् भन्ने आरोप छ नि ।

व्यवसायी साथीहरुलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा सँगै थिएँ र आज पनि छु । भोलि पनि सँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस् वा नहुँदा म सँधै साथमै रहन्छु । आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यवसायिक नेटवर्क छ, यही व्यवसायमार्फत हामी सबै जोडिएकै छौँ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला, नगरका साथीहरुलाई महासंघको केन्द्रीय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ । हरेक जिल्ला, नगरसम्म व्यवसायले जोडिएको व्यक्ति कसरी व्यवसायीबाट टाढा हुनसक्छ ?

त्यसो त, महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ । मेरो व्यक्तिगत व्यवहार र व्यावसायिक प्रकृतिले गर्दा म व्यवसायी मित्रहरुबाट टाढा जान पनि सक्दिन । उहाँहरुलाईलाई अफ्ठ्यारो परेको दिन, उहाँहरुले खोजेको समय सहजै उपलब्ध हुने गरेको छु र हुनेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप