बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्भयाका अपराधीलाई चौथो पटक डेथ वारेन्ट जारी

शुक्रबार, २३ फागुन २०७६, १० : १७
शुक्रबार, २३ फागुन २०७६

निर्भयाका चारै दोषीलाई मृत्युदण्डको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ । यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प समाप्त भइसकेको छ । त्यसपछि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गराउनका लागि पटियाला हाउस कोर्ट पुगेको थियो । एडिशनल सेशन जज धर्मेन्द्र राणाले चारै दोषीलाई नोटिस जारी गर्दै बिहिबारसम्म जवाफ मागेका थिए ।

जबसम्म फाँसी हुँदैन, हामी लडिरहन्छौंः निर्भयाकी आमा

अदालतको निर्णय पछि निर्भयाकी आमाले भनिन्, ‘मलाई आशा छ कि यो अन्तिम मिति हुनेछ र दोषीलाई २० मार्चमा नै मृत्युदण्ड दिइनेछ । जबसम्म मृत्युदण्ड हुँदैन, हामी लडिरहन्छौं । दोषीले मृत्युदण्ड रोक्न पूर्ण कोसिस गरिरहेका छन् । २० मार्चको बिहान हाम्रो जीवनको पनि बिहानी हुनेछ ।’

४ पटक डेथ वारेन्ट जारी भयो, दाषी थुप्रै पटक मारिएः दोषीका वकिल

यस्तै दोषीका वकिल एपी सिंहले चार पटक डेथ वारेन्ट जारी भइसकेको बताउँदै दोषीलाई थुप्रै पटक मारिसकिएको बताए । उनले भने, ‘कम्तीमा न्यायिक हत्या त नगर’ । यसअघि सर्वोच्च अदालतले सोमबार क्यूरेटिव पिटिशन खारेज गरेलगत्तै पवनले राष्ट्रपतिलाई दया याचिका पठाए । यसै आधारमा ट्रायल कोर्टले दोषीको मृत्युदण्ड तेस्रो पटक स्थगित गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप