शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायक विदुर घिमिरेको नयाँ गीत बजारमा

शुक्रबार, २३ फागुन २०७६, १० : ०८
शुक्रबार, २३ फागुन २०७६

काठमाडौँ । गायक विदुर घिमिरे तथा गायिका शान्ति परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘भेटौँ सानू डाँडा पारीमा’ बोलको लोक सार्वजनिक भएको हो । 

गीतमा राष्ट्रिय पहिचान बनाउन सफल दौरा सुरुवाल र साडीको चर्चासँगै माया प्रेमलाई मिसाइएको छ । गीतका रचना तथा संगीत भर्ने काम कृष्ण दाहालले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की, विदुर घिमिरेलगायतको अभिनय रहेको छ । मनोज सुवेदीको निर्देशनमा तयार भएको म्युजिक भिडियो रेशम दर्लामीले छायाँकन गरेका हुन् ।

गीत बुढा सुब्बा डिजिटल प्रा.लि.को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप