बलात्कार आरोप लागेका पूर्वडीएसपीमाथि अनुसन्धान गर्न ७ दिनको म्याद
शुक्रबार, २३ फागुन २०७६, ०९ : ३३

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडीएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुरकै महांकाल गाउँपालिकाकी युवतीले खिउजूले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले महानगरीय प्रहरी बृत्त चापागाउँको डीएसपी हुँदा ती युवतीलाई जागिरको प्रलोभन दिएर बलात्कार गरेको आरोप छ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल