बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोप लागेका पूर्वडीएसपीमाथि अनुसन्धान गर्न ७ दिनको म्याद

शुक्रबार, २३ फागुन २०७६, ०९ : ३३
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडीएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । 
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार  भक्तपुरबाट नियन्त्रणमा लिएको थियो । 
उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुरकै महांकाल गाउँपालिकाकी युवतीले खिउजूले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले महानगरीय प्रहरी बृत्त चापागाउँको डीएसपी हुँदा ती युवतीलाई जागिरको प्रलोभन दिएर बलात्कार गरेको आरोप छ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप