बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा कोरोनाभाइरसबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत हुँदै

शुक्रबार, २३ फागुन २०७६, ०९ : ००
शुक्रबार, २३ फागुन २०७६

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसदले जारी गरेको संभावित कार्यसूची अनुसार नेपाली काँग्रेसका सांसद गगन थापाले सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

थापाले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाभाइरसविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी,  राजेन्द्रकुमार केसी र नारायण खड्का रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप