अपडेट : टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी फेला, आइसोलेसन वार्डमा पठाइयो
काठमाडौं– कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् ।
सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्रहरीलाई जानकारी गराएपछि उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको थियो ।
त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । उनी बुधबार राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट भागेको पाइएको प्रहरीले जनाएको छ ।
ती बिरामीलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । उनलाई कोरोना भाइरस भए–नभएको पुष्टि भने भइसकेको छैन । मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पताल लगेका थिए ।
यसैबीच टेकुको आइसोलेसन वार्डबाट बिरामी भाग्ने घटना हुन थालेपछि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ ।
अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि प्रहरी र मनोसामाजिक परामर्शदाता राख्न लागिएको जानकारी दिए ।
आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नदिन अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको बताइएको छ ।
केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ ।
यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले