कोरिया जाने र फर्कनेलाई कडाइ
शुक्रबार, २३ फागुन २०७६, ०७ : ३४

दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।
सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।
कोरोना भाइरसको रोकथाप, नियन्त्रण, र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग