कोरोनाको त्रासः ‘यो होली अबिर को टीका मात्र लगाएर मनाउनुस्’
कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ ।
कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरि एको छ ।
विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह गरिएको छ । बर्से्नि होली पर्व आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धर ले यो वर्ष होली कार्यक्रम रद्द गरेकी छन् । एभिन्युज टेलिभिजनले होली हङ्गामा कार्यक्रम रद्द गरेको छ ।
संस्कृतिविद् डा. सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिर को टीका मात्र लगाएर मनाउन सुझाए ।
संस्कृतिविद् गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना सङ्क्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय हो भने । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ