डोटीमा जीप दुर्घटना, १४ जना घाइते
बिहीबार, २२ फागुन २०७६, २२ : १५

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मेलगैरामा यात्रुबाहक जीप आज दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये हुम्ला जिल्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि कैलालीतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।
दुर्घटनामा परी घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यात्रु सङ्ख्या बढी भएका कारण जीप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रहरीका अनुसार बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको ट्राफिक प्रहरी पुकार धामीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
-
आइन्स्टाइन गलत साबित भएका तीन कुरा