शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुनीचाँदे गाँउपालिकाका अध्यक्ष केसीविरुद्ध घुस लिएको आरोपमा मुद्दा

बिहीबार, २२ फागुन २०७६, २० : ४७
बिहीबार, २२ फागुन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिमार्फत भएको सडक मिर्नाणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै अध्यक्ष केसी र उनीसँगै रहेका जनता अधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर आलेले रु आठ लाख घुस लिएको अभियोग लागेको छ । 

आयोगले केसी र आलेविरुद्ध नै रु आठ लाग बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले अध्यक्ष केसी र सोही गाँउपालिका–५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध अर्को मुद्दा पनि दायर गरेको छ ।

एकापसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यवापतको रकमको बार्गेनिङ गरेको, विभिन्न होटलमा खाए÷बसेको पैसा तिर्न लगाएको आयोगको अध्यनयबाट खुलेको छ । आयोगले उनीहरुविरुद्ध रु २५ लाख ५० हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

यस्तै आयोगले जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय सहयोगी हरिबहादुर हमाल तथा लेखनदास नारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको अभियोगमा कारवाहीमा परेका उनीहरुलाई जिल्ला जनस्वास्थ्य प्रमुख डा नरेशप्रताप केसीले भुक्तानी दिएको पाइएपछि आयोगले आज पुनः मुद्दा दायर गरेको हो ।
 
आयोगले कार्यालय सहयोगी हमालविरुद्ध रु ३४ लाख ३३ हजार ६८६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै गलत सिफारिश गर्ने तत्कालीन वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लविरुद्ध रु १४ लाख ७० हजार ३७९ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप