शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद रावललाई ४ दिन थुनामा राख्न अनुमति

बिहीबार, २२ फागुन २०७६, १८ : ५९
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिनको म्याद  दिइएको छ । कैलाली जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो । 

अछाम क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सांसद रावलमाथि  धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको उजुरीका आधारमा  उनी बुधबार पक्राउ परेका थिए । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप