शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री अ‍ोलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, मिर्गौलाले सामान्य रुपमा काम गर्न थाल्यो

बिहीबार, २२ फागुन २०७६, १६ : ३०
बिहीबार, २२ फागुन २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उनको प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको जनाएको छ । 

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए । 

यस्तै उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको पनि खड्गाले जानकारी दिए । 

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको र उनलाई पनि प्रम ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिएको अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री अ‍ोलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप