शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र (तस्बिरसहित)

बिहीबार, २२ फागुन २०७६, १६ : २३
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच राजदूत क्वात्राले  आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् । 

उनी नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा भएका हुन् । उनी आइतबार नेपाल आएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप