शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेनाको भ्रष्टाचारबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्ने सांसदहरुको माग (भिडियो सहित)

सांसदहरुको प्रश्न : नेपाली सेनामा किन यति धेरै भ्रष्टाचार बढ्यो ?
बिहीबार, २२ फागुन २०७६, १२ : ४६
बिहीबार, २२ फागुन २०७६

काठमाडौँ । सांसदहरुले नेपाली सेनामा अनियमितता र भ्रष्टाचार भएको गुनासो बढेको भन्दै त्यसको नियन्त्रणका उपयुक्त कदम चाल्नुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समितिमा बोलाउन माग गरेका छन् । रक्षमन्त्री र प्रधानसेनापति नआएसम्म बैठकमा छलफल गर्न नसकिने भन्दै सांसदहरुले माग गरेपछि बिहीबारको बैठक स्थगित भएको छ ।

बैठकमा रेखा शर्मा, दिलेन्द्र बडु, अमरेशकुमार रसिंह, झपट रावल, देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, डिला संग्रौला, लालबाबु पण्डित, बृजेशचन्द्र लाल लगायतले सेनाभित्रको भ्रष्टाचार र अनियमितताका लागि आवश्यक कानुन बनाउन परे त्यसका लागि समेत तयार हुनुपर्ने भन्दै रक्षामन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न जरुरी रहेको बताए ।

सांसदहरुको मागपछि सभापति शशी श्रेष्ठले रक्षामन्त्री र प्रधानसेनापतिलाई रक्षा सचिवमार्फत् बोलाउने जानकारी गराइन् ।


सांसद डिला संग्रौलाले फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदा मात्रै होइन सरुवा र बढुवा गर्दासमेत सेनामा भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको बताइन् । ‘सेनामा आर्थिक र नीतिगत भ्रष्टाचार भएको कुरा आएको छ । अख्तियारले हेर्न नपाउने भनिएको छ तर रोक्न जरुरी छ तर कसले रोक्ने ?,’ उनको प्रश्न छ । 


बिहीबारको बैठकमा सांसद अमरेश कुमार सिंहले सेनाभित्रको भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रहेको बताए । ‘सेनाभित्रको भ्रष्टाचार लोकतन्त्रका लागि पनि खतरा हो ।  मुख्यालयदेखि गण र गुल्ममा समेत  भ्रष्टाचार हुने गरेको पाइएको छ । १० करोडको व्यारेक बनाइन्छ तर सेना बस्न मिल्दैन अन्तै बस्नुपर्छ’ सिंहले भने, ‘सेनाको मुख्य काम विकास निर्माण होइन सुरक्षा गर्नु हो’ सिंहले सेनाभित्र आर्थिक पारदर्शीता हुनैपर्ने बताए ।

सांसद डिला संग्रौलाले फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदा मात्रै होइन सरुवा र बढुवा गर्दासमेत सेनामा भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको बताइन् । ‘सेनामा आर्थिक र नीतिगत भ्रष्टाचार भएको कुरा आएको छ । अख्तियारले हेर्न नपाउने भनिएको छ तर रोक्न जरुरी छ तर कसले रोक्ने ?,’ उनको प्रश्न छ । 

त्यस्तै सांसद देवन्द्रराज कँडेलले सेना कुनैपनि विवादमा नमुछिकन पारदर्शी हुनुपर्ने भन्दै नेपाली सेनाको पहिलो दायित्व के हो भन्ने स्पस्ट हुनुपर्ने बताए । ‘सेना आफुलाई के आरोप लागेको छ त्यसमा ध्यान दिनुपर्छ । सेना विवादमा तानिनु देशको हितमा हुदैन । गोलीगठ्ठा वा हेलिकोप्टर खरिद जेसुकै होस् महालेखाले अव्यवहारिक देखाइरहेको छ । सेनाले पेट्रोल पम्प, क्याटरिङ चलाएर व्यापार ठीक हुँदैन’, कडेलको भनाइ छ ।

अर्का सांसद लालबाबु पण्डितले प्रधानसेनापतिले सम्पति विवरण सार्वजनिक गरेर राम्रो कामको थालनी गरेको भन्दै अरु अधिकृतले पनि त्यसको अनुसरण गर्नुपर्ने धारण राखे । ‘सेनामा भर्ना आकर्षण घट्दै गएको छ । सेनाको गौरवमा पनि ध्यान दिनुपर्छ । लेखापरीक्षण समयमा र वैधानिक ढंगले गर्नुपर्छ । वेरुजु बढाउदा अन्यौलता बढेको छ,’ पण्डितको भनाई छ । 


‘सेनाभित्र भ्रष्टाचार ज्यादै मौलाउन थाल्यो । अर्कोतिर हामीले कानुनी व्यवस्था यसरी गरेका छौँ, जसले उजुरीहरु एकपछि अर्को गर्दै आउन थाले,’ बडुको भनाइ छ । उनले समितिमा मात्रै तीनचार वटा उजुरी परेपछि समितिले अध्ययन कार्यदल बनाएर प्रतिवेदन नै पेश गरिसकेको अवस्थामा सेनाका प्रमुख, कानुन मन्त्रालय र रक्षामन्त्रालयसँग समेत छलफल गर्न जरुरी गरेको बताए ।


अर्का सांसद झपट रावलले सेनाले विकास निर्माण हात हाल्नु गल्ती नभएको भन्दै गल्ती जनप्रतिनिधिकै भएको बताए । ‘विकास निर्माण गर्न सेनालाई संविधानले दिएको हो । बरु हाम्रै गल्ती छ । संविधानको धारा २७६ को उपधारा ४ मा सेनाले विकास निर्माण र दैविप्रकोप उद्धारमा खटिन सक्ने व्यवस्था छ । त्यसैले सेनालाई होइन, जनप्रतिनलिाई लाकेतान्त्रिकरण गर्न जरुरी छ,’ रावलको सुझाव छ । 

सांसद दिलेन्द्र बडुले नेपाली सेनाभित्र भ्रष्टाचार ज्यादै मौलाउन थालेको गुनासो र उजुरी बढेको बताए । ‘सेनाभित्र भ्रष्टाचार ज्यादै मौलाउन थाल्यो । अर्कोतिर हामीले कानुनी व्यवस्था यसरी गरेका छौँ, जसले उजुरीहरु एकपछि अर्को गर्दै आउन थाले,’ बडुको भनाइ छ । उनले समितिमा मात्रै तीनचार वटा उजुरी परेपछि समितिले अध्ययन कार्यदल बनाएर प्रतिवेदन नै पेश गरिसकेको अवस्थामा सेनाका प्रमुख, कानुन मन्त्रालय र रक्षामन्त्रालयसँग समेत छलफल गर्न जरुरी गरेको बताए ।

उनले यसरी सेनाभित्र भएको भ्रष्टाचार र अनियमितताबारे सेना प्रमुख र मन्त्रालयलाई जानकारी भए नभएको समेत प्रष्ट पार्नुपर्ने भन्दै सेनाको ऐन कानुनअनुसार छानबिन भैरहेको भए त्यसबारे समेत समितिलाई जानकारी हुनुपर्ने धारणा राखे । ‘सेनाको ऐन कानुन अनुसार छानविन भइरहेको छ भने ठीकै होला यदि होइन भने आर्मी र रक्षा मन्त्रालयको दृष्टिकोण के हो त ?’ बडुको प्रश्न थियो । सेनामा अहिले भएका कनुनहरुकै ठीक ढङ्गले कार्यान्वयन भएन भन्ने गुनासोसमेत रहेको भन्दै उनले ‘हवाइ सेवा लेखा समुहको बढुवा र वृद्धि विकासमा धेरै ठूलो समस्या भयो, भएको कानुनको अपव्याख्या भयो । सेनाको मुख्यालय निर्माणका क्रममा पनि भ्रष्टाचार भएका कुराहरु आइरहेका छन्,’ बडुको भनाइ छ । त्यस्तै उनले ‘बहालवाला र अवकास दुवैतर्फका उच्च सैनिक अधिकारीहरुको छानविन किन भइरहेको छैन ? उनीहरुलाई अख्तियारको दायरामा ल्याउनुपर्छ भनेर नीतिगत प्रश्नसमेत उठेकाले यसमा कानुन बनाउने क्रममा हाम्रो पनि भुमिका हुने भएपनि त्यसको सुरुवात सम्बन्धित मन्त्रालयको हुने भएकाले यसबारे छलफल गर्न जरुरी रहेको बताए ।

त्यस्तै बैठककमा सांसद रेखा शर्माले तीन सदस्यीय कार्यदलमा सेनाभित्रका अनियमितताबारे ५० वटा उजुरी परेको जानकारी दिइन् । ती उजुरीमाथि छानविन गरी चार वटा उजुरीमा समितिमा छलफल गर्न आवश्यक ठानेको उनले बताइन् ।

उनले सेनाभित्र अनियमितताबारेका विषयलाई आवश्यक छानविन तथा कारवाहीका लागि अख्तियार र सम्पत्ति शुद्धिकरणमा पठाउने तथा नीतिगत विषयबारे भने रक्षा मन्त्रालय र नेपाली सेनासँगै छलफल गर्नुपर्छ र निकास दिन उपयुक्त हुन्छ भनेर कार्यदलले सिफारिस गरेको उनको भनाइ छ ।

सैनिक विविध सेवा नियमावली २०७४ बनिसक्दा पनि पूरानै नियमावलीअनुसार काम भएको तथा हवाई सेवा र लेखा समूहको बढुवामा असर परेको भन्ने गुनासो पनि रहेको उनले बताइन् । सेनाभित्रै रहेको न्यायिक समितिबाट यस्ता विषयमा छानविन भइरहेको पनि हुन सक्ने बताउँदै उनले त्यसबारे समितिलाई जानकारी नभएको पनि हुन सक्ने उल्लेख गरिन् । नेपाली सेना भनेको देशकै आशा र भरोसाको केन्द्र भएकाले पनि यस्ता गुनासोहरुप्रति गम्भीर हुनुपर्ने उनले बताइन् ।

यसअघि समितिमा भ्रष्टाचार बढेको भन्दै उजुरी परेपछि सांसद रेखा शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यसपछि समितिले रक्षा मन्त्री र नेपाली सेना लगायतलाई बोलाएर छलफल थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप